May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

लोक सेवा आयोगले माग्यो २५७ कर्मचारी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० 0९:१५
लोक सेवा आयोगले माग्यो २५७ कर्मचारी

काठमाडौं- लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख छ। आयोगका अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिन सक्ने छन् ।

दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ। आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सकिने छ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० 0९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।