July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

नियमसंगत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई बालेनले गराए ध्यानाकर्षण

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० 0९:१३
नियमसंगत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई बालेनले गराए ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्न निर्देशन दिएका छन् ।

नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा  निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध नगराए कानुन बमोजिम कारबाही हुने उनले बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले छात्रवृत्तिबारे सचेत रहन विद्यार्थी तथा अभिभावकलाई पनि आग्रह गरेका छन् ।

मेयर बालेन शाहको स्ट्याटस जस्ताको त्यस्तै

निजी विद्यालयले छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धमा

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउँदै नयाँ शैक्षिक सत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाडौँ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ ।

साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सूचित गराउन अनुरोध गरिन्छ ।

अस्त नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारबाही अगाडि बढाउन महानगर बाध्य हुनेछ ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० 0९:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट