November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गैरकानुनी रुपमा टिकटक चलाए कारबाही

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १0:३८
गैरकानुनी रुपमा टिकटक चलाए कारबाही
  • नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गर्यो 
  • टिकटकले सामाजिक सद्भावमा नराम्रो असर पुर्यायो 
  • इन्टरनेटमा टिकटक बन्द

काठमाडौं ।। 

सामाजिक सद्भावमा नराम्रो असर पुर्याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको सरकारको ठम्याइ थियो। तर, सरकारले निर्णय गरेको ४ दिन भइसक्दा पनि नेपालमा टिकटक बन्द हुन सकेको छैन। टिकटक चलाउँदै आएका यसका प्रयोगकर्ताले भीपीएनको माध्यमबाट सजिलै टिकटक चलाइरहेका छन्। केही इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि सरकारको कदमलार्ई साथ दिएका छन्। केही इन्टरनेटमा टिकटक पूर्णतया बन्द भइसकेको छ।

पछिल्लो समय निकै चर्चामा रहेको टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि सरोकारवाला संस्थाले विरोधसमेत गरेका थिए। तर, विभिन्न राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूले टिकटक बन्द गराउनु सरकारको राम्रो काम भएको बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणले टिकटक बन्द गराउनका लागि पहल सुरु गरिसकेको छ। उनी भन्छन्, ‘सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलार्ई प्राधिकरणबाट निर्देशन दिइएको छ।’

केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको सूचना आएकाले तत्कालै बन्द गर्नुपर्ने उनले बताए। प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्ने इन्टरनेट सेवा प्रदायकमाथि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने उनले बताए। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘गैरकानुनी एपहरू डाउनलोड गरी टिकटक चलाउँदा, व्यक्तिगत विवरणसमेत सुरक्षित हुँदैन। पछिल्लो समय टिकटकमा नराम्रा विषयवस्तु धेरै देखिन थालेपछि अपराधसमेत मौलाएको छ।’

भीपीएन जस्ता अनेक एपले व्यक्तिको मोबाइलमा रहेका सबै डाटामा एक्सेस लिनसक्ने र बैंकिङ एपको सुरक्षामासमेत असर पुर्याउने  प्रवक्ता कडायत बताउँछन्। गैरकानुनी रूपमा यस्ता एप चलाउनेहरू प्रति कानुनी कारबाहीसमेत हुनसक्ने कडायतको दाबी छ। टिकटकमाथि रोक लगाएपछि यसको पक्ष–विपक्षमा आवाज उठिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा विसंगती, विकृति र अराजकता फैलाएकाले नेपालमा टिकटक बन्द गरिएको बताएका छन्। उनले राज्यलार्ई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृतिलार्ई के गरी नियन्त्रण गर्ने भन्ने छलफलपश्चात् टिकटक बन्द गर्ने निर्णय भएको बताएका छन्। 

सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल विथोलिने गरी लगातार टिकटकमा प्रचारप्रसार भइरहेकाले प्रतिबन्ध लगाउन थालेको बताएकी छन्। उनी भन्छिन्, ‘सामाजिक सञ्जाललार्ई नियमन गर्नका लागि सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिकासमेत सरकारले ल्याएको छ। सवै प्रकारका सामाजिक सञ्जालबाट हुने गैरकानुनी कार्य, सामाजिक सद्भाव विथोल्ने प्रचार र सामग्रीको सूक्ष्म निगरानी सरकारले गर्छ।’ टिकटकमा परिवार र समाजमा बसेर हेर्न नसकिने सामग्री आउन थालेपछि सरकारले प्रतिबन्ध गरेको उनले बताइन्। कलाकार तथा फिल्म निर्माता दिपकराज गिरीले ‘टिकटकमा विकृति मिसिएर आयो। लाइभमा अवाञ्छित गतिविधि भएको सुनियो, यसलार्ई नियमन गर्न जरुरी थियो’ भने। राप्रपा नेता राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा हुने विकृति र विसंगती नियमन र नियन्त्रण आवश्यक रहेको तर प्रतिबन्ध गरिनु ठीक नभएको बताए।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्