May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो

गणतन्त्रविरोधीहरु आफैं धामी आफैं झाक्री

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:१२
गणतन्त्रविरोधीहरु आफैं धामी आफैं झाक्री
  • आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थाले
  • गणतन्त्रविरोधी गतिविधि भएपछि राजनीतिक दलका नेताहरू छलफलमा व्यस्त 
  • ठूलो संघर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन सकिन्न 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थालेको आरोप लगाएका छन्। गणतन्त्र र संघीयतालाई विरोध गरेर एकथरी मान्छेहरूले सामन्ती राजाको स्तुतीगान गरिरहेको उनले आरोप लगाए। तनहुँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राजाको स्तुतीगान गर्नेहरूले नै अहिले गणतन्त्रविरोध कार्य गरिरहेको बताए। ‘एकथरी मान्छेहरू हिजै गणतन्त्रविरोधी थिए। संघीयताविरोधी थिए। तिनै मान्छेहरूले ऐन बनाउन पनि नदिने, संघीयता काम छैन पनि भनिरहेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘सामन्ती राजाहरूले दरबारभित्रै रगतको खोलो बगाएका होइनन्। कोतपर्व, भण्डारखाल गराएका होइनन्? आजकल तिनीहरूले नै संस्कारको कुरा गर्छन्। नारायणहिटीमा आफ्नै वंश नाश गर्नेहरूले संस्कारको कुरा गर्ने लोकतन्त्रवादीहरूलाई ‘

प्रधानमन्त्री दाहालले गणतन्त्रविरोधी गतिविधि भएपछि राजनीतिक दलका नेताहरूसँग छलफल गरेको प्रस्ट्याए। त्यस छलफलमा नेताहरूले गणतन्त्रविरोधी हर्कतहरूलाई समाप्त पार्न ज्यान दिएर लाग्ने आश्वासन पाएको उनको भनाइ छ। ‘के हामी टुलुटुलु हेरिबस्ने हो भनेर मैले केही दिनअघि सबै नेताहरूलाई बोलाएको थिएँ। त्यहाँ सबैले कमिटमेन्ट गर्नुभएको छ। त्यसविरुद्ध सडकमा जान तयार छौं भनेका छन्। प्रतिपक्षी दलका नेताले त झन् ज्यान छोडेर लाग्ने कुरा गर्नुभएको छ,’ उनले भने। उनले ठूलो संघर्षबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै उक्त व्यवस्था उल्टिन नसक्ने बताए। व्यवस्था परिवर्तनका निम्ति एकै दिन दुई सय जनासम्म मरेका कुरा नेपाली जनताले बिर्सिन नसक्ने उनको भनाइ छ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।