May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

इजरायलको हमलाका कारण गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द : राष्ट्रसंघ

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १८:३१
इजरायलको हमलाका कारण गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द : राष्ट्रसंघ

तेल अबिब । राष्ट्रसंघले इजरायली हमला जारी रहँदा गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द गर्नुपरेको जनाएको छ ।

राष्ट्रसंघको राहत कल्याण निकायले प्यालेस्टिनी शरणार्थीका लागि पनि इन्धन अभाव भएकाले सेवा बन्द गर्ने स्थिति आएको जनाएको हो । युद्ध क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध छ । इजरायली सेनाले गाजा सहरको अल शिफा अस्पतालमा तेस्रो दिन पनि सैन्य कारबाही जारी राखेको छ । अस्पतालका निर्देशकले सयौं बिरामी त्यहाँ फसेको जनाएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवत्ता असरफ अल कुद्रले भने हजारौं महिला, बालबालिका, बिरामी र घाइते मृत्युको मुखमा पुगेको दाबी गरेका छन् । इजरायलले अस्पताल प्रांगणनजिकै हमासले बन्धक बनाएका दुई इजरायली मृत भेटिएको जनाएको छ ।

युद्ध ४२औं दिनमा पुग्दा दुवैतर्फ १२ हजार ६ सयभन्दा बढीको ज्यान गएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।