May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

ओली समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १६:३६
ओली समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छन् ।

मंलबार ‘संसद्मा केपी ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबारे यस्तो बताएकी हुन् ।

‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ’, उनले भनिन्, ‘सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ ।’

साथै उनले अध्यक्ष ओली राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता भएको बताइन् ।

‘सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसद्मा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण छन्’, भण्डारीले भनिन्, ‘र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् । त्यसैले पनि यस पुस्तकको विशेष महत्त्व रहेको छ । निरङ्कुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने सिलसिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ ।’

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।