sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:३३
के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा

सबैको मनमा एउटै सोचाई छ कि हामीले सेवन गर्ने कफी हाम्रो शरीरका लागि हानिकारक हुने गर्दछ । कफीमा एक प्रकारको रसायन हुन्छ जसले दिमागमा असर गर्छ भन्ने मान्यता रहेको छ । तर अध्ययनहरुले कफी सेवन गर्दा बिभिन्न फाईदा हुने कुरालाई उल्लेख गरेका छन् ।

कफी सही मात्रामा सेवन गर्नाले कलेजो सम्बन्धि जटिलता, फ्याटी लिभर र लिभर सिरोसिस जस्ता समस्याहरुको जोखिम कम गर्नका लागि लाभदायक हुने अध्ययनले देखाएको छ । अध्ययन भन्छ– कफी पिउनेहरुमा हृदयघात र मस्तिष्कघात हुने संभावना एकदमै कम हुन्छ । कफीको मात्रा मिलाएर गरेको सेवनले मुटुको स्वास्थ्य , न्युरोजिकल डिस्अर्डर तथा मधुमेहका रोगीहरुलाई समेत फाईदाजनक रहेको छ । जोन्स हप्किन्सको रिपोर्ट अनुसार, महिलाहरूलाई दिनको तीन देखि पाँच कप कफी पिउन सिफारिस गरिएको छ ।

तर यसरी पिउने कफी ४ सय मिलिग्राम क्याफिन भन्दा बढी हुनु हुदैन । तर गर्भवति महिलाहरुले चिकित्सकको सल्लाह लिनु पर्ने उल्लेख छ । कफीको नियमित सेवनले डिप्रेसनका रोगीहरुलाई समेत फाईदा पुग्ने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार दैनिक रुपमा दुई कप कफी पिउनाले डिप्रेसनको जोखिम ८ प्रतिशतले कम हुने देखाएको छ ।

कफीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र चिन्ता विकारहरू कम गर्न पनि फाइदाजनक हुन्छ। त्यस्तै कफी पिउनुका अन्य फाईदाहरु पनि रहेका छन् । जसमा शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुने , शरीरका लागि आवश्यकिय फाइबरको मात्रा प्राप्त हुने , कलेजोको सिरोसिस हुनबाट जोगाउँछ ।

त्यस्तै दैनिक कफी पिउने व्यक्तिमा मधुमेहको जोखिम २२ प्रतिशत कम हुने , अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्ने , पार्किन्सन सहितका जोखिम कम गर्न सहयोग गर्दछ । त्यस्तै डीएनए समेत बलियो बनाउने अध्ययनको दाबी रहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid