November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

यौनका कुरा : महिलाले कसरी चरम सुख कसरी प्राप्त गर्छन् ?

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:४0
यौनका कुरा : महिलाले कसरी  चरम सुख कसरी प्राप्त गर्छन् ?

के भनिन्छ भने, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ ।

त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।

जबकी आफ्नो महिला पार्टनरलाई कसरी यौनका लागि तयार गर्ने भन्ने प्रायः पुरुषहरुको समस्या हुन्छ । यौन सम्बन्धको क्रममा कस्ता क्रियाकलाप गर्दा आफ्नो पार्टनरले उत्तेजना महसुस गर्छ भन्ने कुरामा पुरुषहरु त्यती चासो राख्दैनन् ।

सुन्दा अचम्म लाग्न सक्छ । तर, केवल राम्रो चुम्बनका लागि मात्र होइन राम्रो फोरप्लेका लागि पनि तपाईंंले आफ्नो स्वासलाई लयबद्ध बनाउन जान्नुपर्छ । तपाईंंले जब आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ । त्यो समयमा पार्टनरलाई सास फेर्न गाह्रो भएको छ कि भन्ने कुरालाई ध्यान दिनुपर्छ । त्यस्तै, तपाईंंको पार्टनरलाई उत्तेजित गर्न सासले कस्तो काम गर्छ भन्ने कुरा पनि तपाईंंलाई थाहा हुनु आवश्यक छ ।

चुम्बनपछि अन्य क्रियाकलाप जस्तै घाँटीहरुमा पनि चुम्बन गर्ने जस्ता क्रियाकलापले तपाईंंको पार्टनर छिट्टै मुडमा आउँछिन् र यौन क्रियाकलापमा आफ्नो सहभागिता पनि जनाउँछिन् । घाँटीको वरपर चुम्बन गर्दा लामो समयसम्म चुम्बन गर्दै आफ्नो तातो सासको पनि प्रयोग गर्नुपर्छ ।

महिलाहरुलाई मुडमा ल्याउनका लागि र यौन कियाकलापमा उनीहरुको सहभागिता सुनिश्चित गर्नका लागि ओरल सेक्सले महत्वपूर्ण भूमिका निभाउँछ । तपाईंंले गर्नुभएको ओरल सेक्सले तपाईंंको पार्टनरलाई चरम सुख प्राप्त हुन्छ ।

भजाइनल स्टिम्युलेशनले महिलाहरु पूर्णरुपमा मदहोस् हुन्छन् । त्यस्तो स्थितिमा उनीहरुसँग यौन सम्बन्ध राख्न उपयुक्त हुन्छ । यौन सम्बन्ध राख्नका लागि यो सही समय हुन्छ । किनभने यो स्थितिमा कपलले यौनसम्पर्कको अत्याधिक आनन्द लिन सक्छन् ।

महिलाले चरम सुख कसरी प्राप्त गर्छन् ?

जब कुरा चरम सुख प्राप्तिको हुन्छ, यसका विभिन्न तरिकाहरु छन् । हिजोआज त इन्टरनेटको माध्यमले पनि तपाईंं कसरी चरम सुख प्राप्त गर्ने भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । तर, महिलाहरुलाई भजाइनल अर्गेज्म प्राप्त गर्न सजिलो छैन, किनभने यो कुनै नियम पुस्तक होइन, जसको आधारमा चरम सुख प्राप्त हुन्छ । त्यस्तै महिलाहरुलाई केवल पेनिट्रेसनले मात्र पनि चरम सुुख प्राप्त गर्न पनि गाह्रो हुन्छ ।

हालसालै भएको एउटा सर्वेक्षण अनुसार करिब ७० प्रतिशत महिलाहरुलाई पेनिट्रेटिव सेक्सको माध्यमबाट चरम सुख प्राप्त हुँदैन । जर्नल अफ सेक्स एन्ड म्यारिटल थेरापीमा प्रकाशित अर्को अध्ययनका अनुसार केवल एक महिलालाई मात्र भजाइनल स्टिमुलेशनबाट चरम सुख प्राप्त हुन्छ । त्यस्तो स्थितिमा यदि पेनिट्रेटिव सेक्सको माध्यबाट तपाईंं चरमा सुख प्राप्त गर्न सकिरहनुभएको छैन भने यी साधारण तरिकाहरुलाई अपनाएर यौन चरम सुख प्राप्त गर्न सक्नुहुन्छ ।

यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पुर्‍याउँछ । फोरप्लेको माध्यमबाट महिलाहरु आनन्दको महसुस गर्छन र यौन सम्पर्कका सम्पूर्ण क्रियाकलापमा रमाउन थाल्छिन् ।

आफ्नो शरीरलाई यौन र चरम सुखका लागि तयार गर्ने अर्को राम्रो तरिका सेल्फ लभ अर्थात् मास्टरबेसन (हस्तमैथुन) का केहि तरिकाहरुलाई अपनाएर आफूलाई कुन कुराले धेरै खुशी प्राप्त हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।

तपाईंंको सेक्स पार्टनरसँग डर्टी टक गर्न, यौन सम्बन्धित खेल खेल्दा र विभिन्न किसिमका सेक्सुअल आवाज निकाल्नु तपाईंंको लागि अति नै फाइदाजनक हुन्छ भन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ । त्यस्ता सबै कुराहरुले पनि तपाईंंलाई चरम सुख प्राप्त गर्न सहयोग गर्छ ।

प्रायः महिलाहरु आफ्नो शरीरको विशेष अंग अर्थात् भजाइनामा ध्यान नदिने गल्ती गर्छन । जब आफ्नो भजाइनाको बारेमा थाहा पाउनुहुन्छ । तब तपाईंंलाई पेनिट्रेशनको माध्यमले तपाईंं भिन्दा-भिन्दै किसिमका चरम सुख प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुरा थाहा हुन्छ । त्यसैले आफ्नो बारेमा पनि थाहा पाउन आवश्यक छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १९:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्