sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ग्राहकका विवरण दुरूपयोग गर्दै अग्रवाल ब्रोकर, नियामक मूकदर्शक

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:३८
ग्राहकका विवरण दुरूपयोग गर्दै अग्रवाल ब्रोकर, नियामक मूकदर्शक

काठमाडौं । धितोपत्र दोस्रो बजार समानान्तर रेखाजस्तै चल्ने बजार हैन । बक्र रेखा जसरी बन्छ, त्यसैगरी सेयर बजारमा भित्री रूपमा चलखेल पनि हुने गरेको गुनासो बजारमा सुन्न पाइन्छ । प्राथमिक बजारमा धितोपत्र निष्काशनदेखि दोस्रो बजारमा कारोबार हुँदासम्म नजानिँदा र नदेखिँदा चलखेल हुने गरेका छन् ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नियमन गर्न ऐन, नियम र कानुन बनाएको छ । तर, ती कानुनविपरीत गएर कम्पनीहरूले गतिविधि गर्ने गरेका छन् । यसको उदाहरण प्रभु स्टिल एन्ड हाइड्रो इक्विपमेन्ट इन्ड्रष्ट्रीको प्रमोटर सेयर बिक्री हो ।

प्रभु स्टिल एन्ड हाइड्रो इक्विपमेन्ट इन्ड्रष्ट्री लिमिटेडले अग्रवाल सेक्युरिटिज (ब्रोकर नम्बर ६) को विराटनगर शाखा कार्यालयको सहायतामा साढे १९ लाख कित्ता प्रमोटर सेयर ७०० जनामा बिक्री गरेको कम्पनीका कर्मचारीले नै बताएका छन् ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा कुनै पनि कम्पनीले प्रमोटर सेयर ५० जनाभन्दा कममा बेच्न पाउने व्यवस्था गरेको छ । तर, खुलेआम यो कम्पनीले सर्वसाधारणलाई म्यासेज पठाएर प्रमोटर सेयर खरिद गर्न आकर्षित गरिरहेको छ ।

बिक्री प्रबन्धक नै नियुक्ति नगरेको यो कम्पनीले विभिन्न सञ्चार माध्यममा बिक्री प्रबन्धक नियुक्ति प्रक्रियाको समाचार प्रकाशन गराएर त्यही समाचारका साथ ११५ रुपैयाँमा प्रमोटर सेयर बिक्री भइरहेको जानकारी म्यासेजमा पठाउने गरेको छ ।

यो कम्पनीको प्रमोटर सेयर बिक्रीका लागि आफ्ना ग्राहकको विवरण दुरूपयोग अग्रवाल सेक्युरिटिजको विराटनगर शाखाले गरेको छ । त्यस्तै, ग्राहकका आफन्तको समेत विवरण दुरूपयोग भएको छ । नेपालमा भएका ग्राहकको मात्र हैन, विदेश गएकाहरूलाई पनि यो कम्पनीको प्रमोटर सेयर खरिदका लागि म्यासेज जाने गरेको छ ।

तर, नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने यो विषयमा मुकदर्शक बनेको छ । बोर्ड आफ्नो कार्यक्षेत्र पर्दैन भनेर पन्छन खोजेको छ । बोर्डले नै स्वीकृति दिएको ब्रोकरको शाखाले प्रमोटर सेयर खरिद बिक्रीमा सहयोग गरेकोमा पनि अध्ययन भएको छैन ।

यसबारेमा बोर्डसँग बुझ्दा कम्पनी प्रमोट गर्न खोज्दा बोर्डले हस्तक्षेप गर्न नहुने जानकारी प्राप्त भएको छ । कम्पनीले जति पनि प्रमोटर सेयरधनी बनाउने भए पनि कम्पनी रजिष्ट्रर्डको कार्यालयले एक पटकमा ४९ जनामा मात्र सेयर ट्रान्सफर गरिदिने गरेको छ ।

कुनै पनि कम्पनीको सेयर सेयरधनीबीच कारोबार गर्ने हो भने धितोपत्र दोस्रो बजारमा दर्ता नभएको खण्डमा ओभर द काउन्टर (ओटीसी) मार्केटमा दर्ता हुनुपर्छ । यो कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत गरिन्छ ।

तर, यो कम्पनीले सर्वसाधारणलाई नै म्यासेज पठाएर प्रमोटर सेयरधनी बन्न आग्रह गरिरहेको छ । यसमा पनि कुनै निकायले अध्ययन गरेको छैन । धितोपत्र बजारका एक जानकारका अनुसार धितोपत्रको विषयमा नेपाल धितोपत्र बोर्डले नै एक्सन लिनुपर्ने हुन्छ ।

धितोपत्रको सम्पूर्ण जिम्मेवारी बोर्डको नै हुने ती जानकार बताउँछन् । “बोर्डले धितोपत्रको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । धितोपत्रसम्बन्धी केही त्यस्तै गैरकानुनी काम भएको छ भने दण्ड र सजाय गर्ने काम बोर्डको हो,” उनले बाह्रखरीसित भने ।

अग्रवाल सेक्युरिटिज विराटनगर शाखामा फोन गर्दा उक्त शाखाका एक कर्मचारीले प्रभु स्टिलको सेयर राम्रो भएकाले त्यसमा लगानी गर्न हामीलाईसमेत आग्रह गरेका थिए । उनले शाखाबाट सम्पूर्ण कागजपत्र तयारी गरिदिने पनि बताए ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid