May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजाको विद्यालयमा फेरी आक्रमण

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:४५
गाजाको विद्यालयमा फेरी आक्रमण
  • एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गर्यो 
  • अधिकांश महिला र बालबालिकाको मृत्यु 
  • एउटा कोठामा करिब १२ शव भुइँमा धुलोले ढाकिएको अवस्थामा फेला 

तेल अभिभ (इजराइल) ।।

संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सीएनएनले बताएको छ ।  विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

भिडियोमा एउटा कोठामा करिब १२ शव भुइँमा धुलोले ढाकिएको देखिन्छ । त्यस्तै, डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ । सीएनएनका अनुसार भवनको छाना (धातुको) च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ । राष्ट्रसंघको राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको संख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताए । उनले घटना के कारणले भएको हो वा यसको जिम्मेबार को हो भन्नेबारे पुष्टि गर्न सकेनन् ।

यूएनआरडब्लूएले प्यालेस्टिनी शरणार्थी शिविरहरूमा विद्यालयहरू सञ्चालन गर्नुका साथै गाजामा राष्ट्रसंघको प्रमुख राहत एजेन्सीका रूपमा काम गर्दछ । सामाजिक सञ्जाल एक्समा तस्बिरहरूलाई ‘डरलाग्दो’ भन्दै यूएनआरडब्लूए प्रमुख फिलिप लेजारिनले घटनाको समयमा हजारौँ विस्थापितले त्यहाँ आश्रय लिइरहेको बताए । सीएनएनका अनुसार इजराइली सेनाले घटनाको समीक्षा गरिरहेको छ तर कुनै प्रतिक्रिया जनाएको छैन । इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजराइलको सैन्य कारबाहीलाई दोष दिएका छन् ।

इजिप्टको विदेश मन्त्रालयले उक्त घटनालाई ‘बमबारी’ भन्दै यो गाजामा सर्वसाधारणविरुद्ध इजराइली उल्लंघनहरूको शृंखलामा नयाँ भएको बताएको छ । सीएनएनका अनुसार कतारले राष्ट्रसंघको स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई गाजा गएर अनुसन्धान गर्न आह्वान गरेको छ । यूएनआरडब्लूएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ । जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो । उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट