sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पशुपतिबाट ५३ तोला सुन निस्क्यो

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १५:२६
पशुपतिबाट ५३ तोला सुन निस्क्यो
  • जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर उठाइयो मुचुल्का
  • संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोखेर हेर्दा ५३ तोला निस्क्यो 

काठमाडौं ।।

पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलन गरेर मुचुल्का गरेको छ । संकलित धुलो र अरु टुक्रा सुनहरु गालेर जोख्दा ५३ तोला भएको भन्दै मुचुल्का गरिएको छ । ‘जलहरी निर्माणमा प्रयोग भएको सुनका टुक्रा र धुलोहरु त्यतिबेला संकलन गरिएको थियो, अख्तियारले अनुसन्धान थालेपछि त्यसलाई नजोखी यत्तिकै राखिएको थियो’ पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीले भने, ‘धुलोमा मिसिएको, टुक्राटाक्री र अरु सुनका कणहरु संकलन गरेर गाल्ने काम भइरहेको थियो । आज जोखेर हेर्दा ५३ तोला भएछ । हामीले आजै मुचुल्का गरेर राखेका छौं ।’

जलहरी निर्माणका क्रममा बाहिर छरिएको धुलो संकलन गरेर राखिएको र त्यसलाई मुचुल्का गरिएको कोषका कर्मचारीहरुको भनाइ छ । उनले भने, ‘गर्भगृहभित्रै जलहरीमुनी सुनका टुक्राहरु भेटिए भनेर हल्ला चलाइएको छ । त्यो सत्य होइन ।’

कोषका सदस्य सचिव डा. घनश्याम खतिवडाले सुनका बारेमा केही नभएको र आफूले थाह समेत नपाएको दाबी गरे । तर आजै मुचुल्का भएको भनी जिज्ञासा राखेपछि उनले भने, ‘तपाईंहरुलाई किन हतारो भएको, यसको पनि प्रक्रिया हुन्छ । प्रक्रिया पूरा भएपछि हामीले बोलाएर नै गुड न्यूजहरु दिइहाल्छौं । अहिले किन हतारो गर्नुभएको ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १० असारमा पशुपतिनाथ मन्दिर परिसरमा पुगेर सुनको जलहरी निकालेर जोखेको थियो । जलहरी निर्माणका क्रममा १०८ किलो सुन प्रयोग भएको थियो । दुई साताअघि तौलिदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जलहरी निर्माणमा प्रयोग भएको बाँकी सुन र टुक्रा र धुलोका कण संकलन गरेर राखिएको र जोख्न बाँकी रहेको दाबी गरेको थियो । ‘हो, त्यही सुन जोख्ने क्रममा चानचुन ५३ तोला भएपछि मुचुल्का गरिएको हो, गर्भगृहमा भेटिएको होइन’ ती कर्मचारीले भने, ‘त्यसक्रममा प्रयोग भएका चाँदी र अरु केही धातुका टुक्राहरु पनि छन् ।’

एक तोलामा ११.६६ ग्राम हुन्छ । कोषका कर्मचारीको दाबीलाई आधार मान्दा ६१७.९८ ग्राम सुन आज जोखेर मुचुल्का भएको हो । शुक्रबार मुचुल्का भएको र पशुपतिनाथ मन्दिरमा पेटी बनाई लगाइएको सुन समेत जोख्दा जलहरी निर्माणमा प्रयोग भएको १०८ किलो सुनको हिसाब करिब करिब मिल्छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid