sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विवाहको निर्णय लिनुअघि के-के कुरामा ध्यान दिने ?

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:१५
विवाहको निर्णय लिनुअघि के-के कुरामा ध्यान दिने ?

काठमाडौं। नेपाली समाजमा अझै पनि विना सोचविचार हतारमा विवाह गर्ने र कम उमेरमा विवाह गर्ने प्रचलन छ। यसो गदौ दाम्पत्य जीवनमा कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ। जीवनको लयलाई नै अर्कै बनाउने विवाहजस्तो महत्वपूर्ण निर्णय लिन किन हामी हतार गर्छौं ? कम उमेरमा विवाह गर्दा यसको अनुभूति नै कमजोर हुन्छ । जसले जीवनलाई नै तीतो अनुभव गराउँछ।

विवाह भनेको आपसमा माया गर्ने दुई व्यक्तिको मिलन मात्र होइन, यसले दुई जना मानिसलाई यस्तो बन्धनमा बाँध्छ जसको पालनपोषण, व्यक्तित्व, भावना, शिक्षा र कहिलेकाहीं भाषा पनि फरक हुन्छ। विवाहको माध्यमबाट दुई फरक संस्कृतिको संयोजन पनि हुन्छ।

वैवाहिक जीवन सुरु गर्नुअघि एकअर्काको रुचि, मन नपर्ने कुरा, जीवनको लक्ष्य, परिवारका बारेमा जान्न बढी समय दिनु बुद्धिमानी हुन्छ। धैर्यका साथ आफ्नो भावी पार्टनरलाई राम्ररी चिन्नु राम्रो हुन्छ । युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर टेड हस्टनका अनुसार विवाह बन्धनमा बाँधिनुअघि आफ्नो पार्टनरको कमजोरी र राम्रो कुरालाई राम्रोसँग मनन गर्नुपर्छ।

आर्थिक स्थितिको परीक्षण गर्नुहोस् : विवाह गर्नुअघि आफ्नो र आफ्नो पार्टनरको आर्थिक स्थितिको बारेमा पनि परीक्षण गर्नुहोस्। यदि तपाईंहरु दुवै जनाले घर खर्च बहन गर्न नसक्ने भएमा विवाहभन्दा पहिले त्यसको स्रोत खोजी गर्नुपर्छ।

स्पष्ट भएर मात्रै विवाहको निर्णय लिनुहोस् : विवाहको प्रस्ताव स्वीकार्नुअघि तपाईं किन यो सम्बन्ध स्वीकार्न चाहनुहुन्छ ? यसबारे स्पष्ट हुनुहोस् । परिवारका सदस्यको दबाब, उमेर बित्दै गएकाले वा साथीभाइले बिहे गरेकाले ? के कारणले तपाईं पार्टनरसँग विवाह गर्दै हुनुहुन्छ ? त्यसबारे स्पष्ट हुनुहोस्।

एकअर्काको मायाको मूल्यांकन गर्नुहोस् : तपाईंहरु एकअर्कालाई भेट्नुहुन्छ वा कुरा गर्नुहुन्छ त्यतिबेला जाँच्न नभुल्नुहोस् कि तपाईंको भावी श्रीमान् वा श्रीमतीको प्रेम तपाईंको लागि साँचो छ कि छैन ? के उसले तपाईंको भावनाको कदर गर्छ ? उसले तपाईंको खुसीको लागि कदम चाल्छ ? के उसले तपाईंलाई आफ्नो मनको कुरा गर्छ ? यो कुरालाई राम्रोसँग मनन् गर्नुपर्छ। एकअर्कामा पर्याप्त माया छैन भने विवाहको लागि अघि बढ्नु घातक हुनसक्छ।

एकअर्काको स्वभावबारे जानकारी राख्नुहोस् : प्रायः युवतीहरु आफ्नो सुनौलो सपना पूरा गर्न आफ्नो प्रेमी वा पार्टनरको स्वभाव र उसको प्रकृतिको बारेमा जाँच गर्न उनीहरुसँग बढी नजिकिन्छन्। धेरैले बिहेपछि श्रीमानको व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने सोच्छन्। स्वभाव परिवर्तन नहुँदा कतिपयले उनीहरुको सम्बन्ध अझै बलियो नभएको ठान्छन्।

बिहेपछि कसैले कसैको स्वभाव बदल्न सक्दैन भन्ने कुरा पक्का छ। जस्तो छ त्यसलाई स्वीकार गर्नैपर्छ। यदि तपाईंको प्रेमी वा पार्टनर रिसाएको छ भने विवाहपछि तपाईं अक्सर उनको रिसको निशाना बन्नैपर्छ, यो पति होस् वा पत्नी दुवैमा लागु हुन्छ। त्यसैले आफ्नो क्रोध नियन्त्रण नगर्ने व्यक्तिसँग विवाह गर्नुअघि सोचविचार गर्नुहोस्।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid