May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

सात एसपीका लागि दर्जन डीएसपी प्रतिस्पर्धामा

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:२७
सात एसपीका लागि दर्जन डीएसपी प्रतिस्पर्धामा

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको सात एसपीमा एक दर्जन डीएसपीहरू प्रतिस्पर्धामा रहेका छन् । गत हप्ता प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच जना प्रहरी उपरीक्षक ‘एसपी’लाई प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मा बढुवा गर्ने निर्णय गरेसँगै रिक्त रहेको एसपी पदमा दर्जन डीएसपीहरू प्रतिस्पर्धामा उत्रृका हुन् । पाँच एसपीको एसएसपी बढुवासँगै प्रहरीमा ७ एसपीको पद रिक्त भएको थियो ।

रिक्त भएका सात पदमा दर्जनौं प्रहरी नायव उपरीक्षक (डीएसपी) बीच प्रतिस्पर्धा चलिरहेको बेला केही डीएसपीहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उनको सचिवालय टीमलाई मनाउन मन्त्रालयमा दौडधुप गरिरहेका छन । जसले गर्दा एसपी बढुवा पेचिलो बनेको छ । तर, प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी बढुवाको तयारी गर्दा विगतमा अन्यायमा परेका, कार्यसम्पादन राम्रो भएका र बढुवा गर्नु नै पर्ने डीएसपीहरुको सूची तयार पारेको छ । प्रधान कार्यालयका अनुसार रिक्त पदको लागि डीएसपीहरु प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, विनोद घिमिरे, अनिल कुमार खड्का, सन्तोष तामाङ, निरञ्जनदत्त भट्टहरु बढुवाको लागि प्रतिस्पर्धामा छन् ।

त्यसका अतिरिक्त श्यामबाबु ओलीया, नारायण रन्जितकार पनि प्रतिस्पर्धामा रहेका छन् । यस्तै यादव ढकाल, राजन लिम्बु, अनन्त शर्मा र एकनारायण कोइराला पनि छन् । विगतमा उनीहरूको बढुवा छुटेको भन्दै प्रहरी प्रधान कार्यालयले यसपटक बढुवाको सूचीमा राखिसकेको छ ।

प्रहरी महानिरीक्षक ‘आईजीपी’ बसन्त बहादुर कुँवरले समेत संगठनको मापदण्डअनुसार नै बढुवा हुने अडान राखेपछि शक्तिशाली मानिएका केही प्रहरी अधिकृत हच्किएको बताइन्छ । ढकेन्द्र खतिवडा सल्यानमा हुँदा विवादित बनेका थिए । तामाङ केपी ओली र कृष्ण सिटौलाको पूर्व पीएसओ थिए । डीएसपी कोइराला चितवनमा हुँदा लेनदेनको विवादमा परका थिए । २०७६ सालतिर कोइरालाले एसपी नआएको समयलाई कमाउने अवसरका रुपमा उपयोग गरेका थिए ।

यौन दुर्व्यवहारका उजुरीमा मिलापत्र गराएर समेत डीएसपी कोइरालाले घुस लिने गरेको आरोप थियो । नारायणगढको शहीद चोकभित्र अर्पिता श्रृंगार पसलका संचालक विमल श्रीवास्तवसँग डीएसपी कोइरालाकै निर्देशनमा घुस असुली मिलापत्र गराइएकोआरोप थियो । जसमा पीडित भनिएकी विमला थोकर (नाम परिवर्तन) लाई ३ लाख रूपैयाँमा मिल्न दबाब दिएर वडा प्रहरी कार्यालय नारायणगढका सई रविराज ढकाल र कुलप्रसाद अधिकारीले ५ लाख घुस लिएर कोइरालालाई बुझाएको भन्दै उनको विरुद्ध उजुरी समेत परेको बताइन्छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १५:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट