May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कन्टेनर फ्लाेअप : मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, राजश्वद्वारा सामान जफत, ४८ लाख ४१ हजार धरौटी माग

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:२४
कन्टेनर फ्लाेअप :  मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, राजश्वद्वारा सामान जफत, ४८ लाख ४१ हजार धरौटी माग

झापा । झापास्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।

सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले टाइम्स अफ प्रदेशलाई जानकारी गराए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको हो ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा कन्टेनरमा राजश्व तिरेको भन्दा बढी सामान भेटियो,’राजश्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले भने,‘भन्सार प्रज्ञापनपत्र तिरेको सामान जफत हुँदैन, त्यो भन्दा बढी भएको सबै सामान जफत गरेका छौँ ।’

प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँचनको झ्यालीरझ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलो बढी भेटिएको उनले बताए ।

राजश्वले जफत गरेका सामान बापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको छ । कन्टेनरको चालकको हकमा ५० हजार धरौटी कायम गरिएको उनले बताए  । राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको बताउँदै उनले भने, ‘राजश्वले अब थप छानबिनको प्रक्रिया अघि बढाउँछ ।’

ुभन्सारबाट बाहिरिएको कन्टेनरभित्र कसरी यतिका सामान बढी फेला पर्‍यो । त्यसबारेमा मेची भन्सारलाई राजश्वले पत्र काटनेदेखि भन्सार कर्मचारीमाथि छानबिन गर्छ । ‘छानबिनको क्रममा कर्मचारी दोषी देखिएमा विभागीय कारबाही हुन्छ,’उनले भने ।

यता जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजेर १५ मिनेटमा मेचीनगर– ६ स्थित फाइरिङ चोकमा पार्किङ गरी राखिएको ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएर राजश्व बुझाएको थियो ।

मेची भन्सार परिसरभित्रबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौं सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । कन्टेनरभित्र राजश्व तिरेको भन्दा बढी र फरक सामान फेला परेपछि एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाईका लागि राजस्वमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।