March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

राप्रपाले दुर्गा प्रसाईँको आन्दोलनलाई सहयोग गर्नुपर्छ – लोहनी

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:४२
राप्रपाले दुर्गा प्रसाईँको आन्दोलनलाई सहयोग गर्नुपर्छ – लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते हुन लागेको विशाल आन्दोलनलाई सहयोग गर्नुपर्ने आवाज उठेको छ ।

राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गर्दै प्रसाईको आन्दोलनमा पार्टीले साथ दिनुपर्ने बताएका हुन् । उनले राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन, संघर्षमा राप्रपाका कार्यकर्ताको समर्थन हुनुपर्ने जनाए ।

‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन, संघर्षमा राप्रपाका कार्यकर्ताका सहानुभूति र समर्थन हुनु स्वभाविक हुन आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः मंसिर ७ गते हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुदैँन भन्ने मेरो स्पष्ट धारणा छ ।’

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट