May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गृहसचिवको १५ बुँदे निर्देशन -भारतीय धर्मगुरुलाई आन्दोलनमा निषेध, पुरानो राष्ट्रिय गान गाए तत्काल पक्राउ

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:१७
गृहसचिवको १५ बुँदे निर्देशन -भारतीय धर्मगुरुलाई आन्दोलनमा निषेध, पुरानो राष्ट्रिय गान गाए तत्काल पक्राउ

व्यवस्था उल्ट्याउने अभियानमा रहेका दुर्गा प्रसाईं र त्यसको काउन्टरमा एमालेको भातृ संस्था युवासंघ नेपालले काठमाडौँमा एकैदिन शक्ति प्रदर्शन गर्न लागेपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा रणनीति अपनाउने भएको छ । हिजो बसेको काठमाडौँ उपत्यका सुरक्षा समितिको बैठकले आन्दोलन लक्षित सुरक्षा रणनीति बनाउने निर्णय गरेको हो ।

साविक तोकिएको निषेधित क्षेत्र राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, बानेश्वरस्थित संसद भवन, सिंहदरबार वरपर, उपराष्ट्रपति भवन लैनचौर बाहेक माइतीघर मण्डलालाई पनि प्रदर्शनकारीका लागि निषेध गर्ने बैठकको निर्णय छ ।

बैठकलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले १५ बुँदे निर्देशन पनि दिएका छन् । जसमा माइतीघर मण्डलालाई निषेधित क्षेत्र निर्धारण गर्नेदेखि भारतीय धर्मगुरुहरुलाई आन्दोलनमा सहभागी हुन नदिनेलगायत छन् । त्यस्तै, प्रसाई र युवा संघको अलग-अलग ठाउँमा सभास्थल तोक्न सुरक्षा निकायका प्रमुख हरुलाई निर्देशन दिईएको छ । जसमा तीनकुने चौर, सिफल चौर, खुलामञ्च र बालाजुको भित्री बाटोलाई सभास्थल बनाउन भनिएको छ ।

गृहसचिव भट्टराईले आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट आउने व्यक्ति तथा सवारी साधनहरुको संख्या जिल्लागत रुपमा माग्न पनि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । धर्मशाला र विद्यालयलाई प्रदर्शनकारीहरुको बासस्थानको रुपमा प्रयोग गर्न नदिने, सामाजिक सञ्जालको कडाईपूर्वक नियमन गर्ने, संयुक्त सुरक्षा योजना बनाउने, श्रीपेचसहितको टि-सर्ट र पुरानो राष्ट्रिय गानको प्रयोगमा पूर्णत निषेध गर्न पनि निर्देशन दिइएको छ ।

त्यस्तै, प्रदर्शनका क्रममा सर्वसाधारणको आवतजावत व्यवस्थित बनाउन सभास्थल प्रवेशका लागि अग्रिम रुटहरु निर्धारण गरिदिने, घरेलु हात-हतियार, विष्फोटक पदार्थ प्रयोग हुनसक्ने भएकोले उपत्यका भित्रिने नाकाहरुमा चेक जाँच, डिउटी पट्रोलिङ्ग बढाउने, सुरक्षाकर्मीले कमाण्ड पोष्ट स्थापना गर्ने, न्यूनतम बल प्रयोगको सिद्धान्तअनुरुप काम कारवाही अघि बढाउने पनि सरकारको निर्णय छ ।

ईमरन्जेसी सेवाहरु अस्पताल, दमकल, एम्बुलेन्स तयारी अवस्थामा राख्ने र मसाल जुलुसहरु निकाल्न नदिन पनि गृह सचिव भट्टराईले कडा निर्देशन दिएका छन् । बैठकले उपत्यकाको सुरक्षा अवस्थाको विश्लेषणात्मत समीक्षा गर्दै हालसम्मको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको निष्कर्ष पनि निकालेको छ ।

दिउँसो मन्त्रालयमा बसेको सुरक्षा सम्बन्धी बैठकमा काठमाडौंका सिडिओ जितेन्द्र बस्नेत, भक्तपुरका रोशनीकुमारी श्रेष्ठ र ललितपुरका रुद्रप्रसाद पण्डित सहभागी थिए । त्यस्तै, काठमाडौँ प्रहरी परिषदका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरी ललितपुरका एसपी सुमनजंग थापा, कीर्तिपुरका एसपी उद्धव रावल र भक्तपुरका एसपी दिनेश महतको पनि बैठकमा उपस्थिति थियो ।

गृहसचिव भट्टराईको अध्यक्षता बसेको बैठकमा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई पनि सामेल थिए ।

एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले आगामी बिहीबार शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने भनिए पनि बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गराउने प्रसाईंको अभियान रहेको बताइन्छ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतसँग टक्कर गरिरहेका उनले पाँच लाख जनता काठमाडौँमा उतारेर सिंहदरबार घेर्ने दाबी गरेका छन् ।

यता, प्रसाईंलाई चुनौती दिन एमालेले पनि त्यहि दिन ५० हजार युवा–विद्यार्थी काठमाडौँका सडकमा ओराल्ने घोषणा गरेको छ । आपसमा टकराएका यी दुई समूह एकैदिन सडकमा उत्रिन लागेपछि उपत्यकाको सुरक्षा संवेदनशीलतालाई लिएर सर्वत्र चासो र चिन्ता बढिरहेका बेला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट