September 17, 2024 | मङ्लबार, अशोज १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

लघुबित्त पिडित र प्रहरीबिच झडप

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १८:0१
लघुबित्त पिडित र प्रहरीबिच झडप

सुनसरी । सुनसरी इनरुवामा लघुबित्त संस्थाको ज्यादती बिरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।
पूर्वपश्चिम राजमार्ग स्थित इनरुवाको बस चौकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछी झडप भएको हो ।

झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सडक अवरुद्ध गर्नेगरी यातायात ठप्प पार्ने प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीमाथी ढुंगामुडा भएपछी दुई जना प्रहरी र एक जना प्रदर्शनकारी महिला घाईते भएको प्रहरी उपरिक्षक ढकालले बताए ।

घाईते तीनै जना जिल्ला अस्पताल इनरुवामा उपचार पश्चात डिस्चार्ज भएका छन । झण्डै २ सय ५० जना प्रदर्शनकारीमध्ये २ सयभन्दा बढी महिला रहेको र प्रहरीको संमयमताले ठुलो क्षती हुन नपाएको प्रहरीको दाबी छ ।

बिगत एक महिनायता बिभिन्न लघुबिक्त संस्थाबाट पिडित भएकाहरुले इनरुवामा प्रदर्शन गर्दै आएका छन । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना समेत दिदै आएका छन ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १८:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्