May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

मोरङका एक युवा हाइटेन्सन लाइनमा

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० १३:२0
मोरङका एक युवा हाइटेन्सन लाइनमा

३० वैशाख, विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् ।

बुढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् ।

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै माझी हाइटेन्सन प्रसारण लाइनमा चढेका हुन् ।

उनलाई उतार्नका लागि परिवार, आफन्त, प्रहरीले र वडाअध्यक्षले प्रयास गरेका थिए । तर उनले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिबद्धता जनाउनु पर्ने माग गरेका छन् ।

अध्यक्ष र उपाध्यक्ष भने धनकुटामा छन् । ´उद्धारका लागि हामी चढ्दा हाम्फाने डर छ, उहाँले अध्यक्ष नै आउनुपर्छ भन्नुभएको छ,’ डिएसपी दाहालले भने, ‘अध्यक्ष उपाध्यक्षज्यूलाई चाडो आइदिनुहोस् भनेका छौं ।’

उनले आफ्नो मागलाई वेवास्ता गरे आत्महत्या गर्ने चेतावनी समेत दिएका छन् ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट