April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

बारा प्रहरीद्वारा रातभर हवाई गोली फायर, दुई जना घाइते

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:४८
बारा प्रहरीद्वारा रातभर हवाई गोली फायर, दुई जना घाइते

काठमाडाैं । २०८० मंसिर ०४ गते राति २२:०० बजेको समयमा जिल्ला बारा पचरौता नगरपालिका वडा नं.०७ बेनौलीस्थित झण्डा मेला लगाउने विषयलाई लिएर साेही स्थानमा बस्ने गाउँका दुबै पक्ष गरी सैयौं मानिसहरू बिच उक्त विषयलाई लिएर वादविवाद भई ढुङ्गा मुढा हानाहान तथा झडप समेत भएको खबर छ ।

ढुङ्गामुढा हानाहान तथा झडप पछि उक्त स्थानमा तत्काल जिल्ला प्रहरी कार्यालय बाराकाे प्रहरी टोली पुगेर हेर्दा अवस्था तनावग्रस्त रहेको भेटिएकाे बताइएकाे छ ।

बारा प्रहरीका अनुसार, साे स्थानमा ढुङ्गा मुढा हनाहानबाट केही व्यक्ति घाईते समेत भएकोले झडपलाई सामान्य बनाउनको लागि साेही राति २३:०० बजेको समयमा बारा प्रहरीले २ (दुई) राउण्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर पारेकाे थियाे ।

हवाईफायर पछि अवस्था समान्य बनाईए पनि, पुन: साेही स्थानमा २३:४५ बजेको समयमा दुबै पक्ष बिच एक आपसमा फेरि ढुङ्गामुढा हानाहान हुँदा राति पुन: ५ (पाँच) राउण्ड, २३:५५ बजेको समयमा प्रहरीद्वारा १ (एक) राउण्ड गरी जम्मा ८ (आठ) राउण्ड गोली हवाईफायर गरी भिडलाई तितरबितर पारेकाे बताएकाे छ ।

बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार, तत्कालको लागि अवस्था समान्य बनाईएको र हालसम्म २ (दुई) जना व्यक्तिहरु ढुङ्गामुढा हानाहानबाट घाईते समेत भएका छन् ।

ढुङ्गामुढा हानाहानबाट घाईते हुनेमा जिल्ला बारा पचरौता न.पा. ७ बेनौली बस्ने वर्ष ४० को लक्ष्मी पटेल र जिल्ला बारा पचरौता न.पा. ७ बेनौली बस्ने वर्ष ४२ को चण्डीका पटेल रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।