May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

बैतडीमा आज सार्वजनिक बिदा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० ११:३६
बैतडीमा आज सार्वजनिक बिदा
  • शुक्ल पक्षमा लाग्ने जात्रा करिब आधा दर्जन शक्ति पिठहरुमा सुरु
  • जात्राकै अवसरमा स्थानीय तहहरुले सार्वजनिक बिदा
  • भगवती मन्दिरमा बुधबार भव्य जात्रा लाग्दै

बैतडी

बैतडीमा जात्राको रौनक छाएको छ। कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रा करिब आधा दर्जन शक्ति पिठहरुमा सुरु भएको छ। जात्राकै अवसरमा स्थानीय तहहरुले सार्वजनिक बिदा समेत दिएका छन्। जिल्लाको पाटन नगरपालिका- २ स्थित महारुद्र मन्दिरमा सोमबार रातिदेखि सुरु भएको जात्रा मंगलबार पनि दिउँसेडी जात्रा लागेको छ। सोही अवसरमा पाटन नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ। डिलासैनी गाउँपालिका- ५ स्थित कफलासैनी मन्दिरमा मंगलबार जात्रा लाग्दै छ। सोही अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।  शिवनाथ गाउँपालिकाको प्रसिद्ध शिवनाथ धाममा लाग्ने सोमबार र मंगलबार जात्रा लाग्दै छ।

सोही अवसरमा शिवनाथ गाउँपालिकामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले जानकारी दिए। यसैगरी जिल्लाको दशरथचन्द नगरपालिका – ८  स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा बुधबार भव्य जात्रा लाग्दै छ। सोही जात्राको अवसरमा बुधबार दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ। मेलौलीमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बलिसहित जात्रा लाग्दैछ। यसैगरी सुर्नया गाउँपालिका–५ स्थित फाल्ङासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्दै छ। स्थानीय तहले पालिकाको पहिचानसँग जोडिएका मेला पर्वमा सार्वजनिक बिदा दिनु उपयुक्त ठानेर दिइएको जनाएका छन्।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।