काठमाडौँ ।।
नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ । आज सूचना प्रकाशित गर्दै अस्पतालले २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक वा सो सरहको पारिश्रमिक दिने गरी २० जना स्टाफ नर्स ६ महिनाको लागि चाहिएको जनाइएको छ ।
योग्यता पुगेका इच्छुकले यही मंसिर १२ गतेभित्र आवेदन दिनुपर्नेछ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने बताइएको छ । त्यस्तै, त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त अस्पतालमा कम्तीमा एक वर्ष काम गरेको अनुभवको प्रमाणपत्र पनि अनिवार्य पेश गर्नुपर्नेछ ।