sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२ करोड ८८ लाखमा चोभार सुख्खा बन्दरगाह भाडामा लगाइयो

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १४:५२
२ करोड ८८ लाखमा चोभार सुख्खा बन्दरगाह भाडामा लगाइयो
  • चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइयो 
  • खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीले सञ्चालनको अनुमति पायो 
  • ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने

काठमाडौं ।।

काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति दिएको हो । उक्त कम्पनीले सरकारलाई ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने छ । यो परियोजना विश्व बैंकको १ अर्ब ६७ करोड ऋणमा बनेको हो । विकास समितिले आह्वान गरेको ग्लोबल टेण्डरबाट बन्दरगाह सञ्चालनका लागि २ वटा कम्पनीले आवेदन दिएकामा नेपाल फ्रेट सर्भिस जेभीले उच्च मूल्य बोलकबोल गरेको थियो ।

‘पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम पट्टा पट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी चोभार सुक्खा बन्दरगाह सञ्चालक कम्पनीको रुपमा छनोट भएको छ,’ विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने । २२ चैत २०७८ देखि समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन भइरहेको थियो । टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम सुख्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणाली मार्फत् छनोट भएको विकास समितिले जनाएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा ५ वर्षका लागि हुने सञ्चालन समझदारी भने केही दिनमा हुने समितिले जनाएको छ ।

 

 

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid