May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १0:३७
आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

काठमाडौं– तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ ।

निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए ।

‘लुट’ फिल्मका निर्देशक बस्नेतले झण्डै सात वर्षपछि निर्देशन गरेको यो फिल्ममा नेपालको समसामयिक राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि स्थानिय निकायमा सेवाग्राहीले झेल्नु परेका समस्यालाई फिल्ममा आकर्षक ढंगले चित्रण गरिएको छ ।

आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईदिँदा भूईँमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ भन्ने विषय यो फिल्ममा उठान गरिएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको यो फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीता अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एउटा गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

यो फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् तथा मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।