April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

घुसपैठले हामीमाथि प्रहरीले ज्यादती गर्यो : प्रसाईं पक्ष

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:१७
घुसपैठले हामीमाथि प्रहरीले ज्यादती गर्यो : प्रसाईं पक्ष
  • बल्खुमा भएको प्रदर्शनमा घुसपैठ भएको दाबी
  • झडपमा प्रसाईं पक्षका २६ जना घाइते 
  • एक जनाको अवस्था गम्भीर

काठमाडौँ ।। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले बल्खुमा भएको प्रदर्शनमा घुसपैठ भएको दाबी गरेको छ। बिहीबार दिउँसो दुई पटकसम्म भएको झडपमा घुसपैठ भएको र प्रहरीले दमन गरेको अध्यक्ष मण्डलका सदस्य एवं संगठन तथा कार्यक्रम प्रमुख हरि कार्कीले जानकारी दिए। कार्कीका अनुसार बल्खुको झडपमा आफ्नो समूहका २६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको पनि उनले बताए।

घाइतेहरूको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। कार्कीका अनुसार प्रहरीको दमनका बारेमा अहिले नै पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ। ‘हाम्रो प्रदर्शनमा घुसपैठ भएको भएको अनुभूति भयो,’ उनले भने, ‘प्रहरीको दमनले सीमा नाघ्यो। यसबारे हामी पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्छौं।’

बल्खुमा बिहीबार दुई पटक झडप भएको थियो। सुरुमा प्रसाईं पक्षधर र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो। त्यसको केहीबेरपछि पुनः प्रहरीसँग प्रसाईं पक्षका समर्थकहरूको घम्साघम्सी भएको थियो। झडपपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।  बल्खु चोकबाट कालिमाटीतर्फ प्रसाईं पक्षका प्रदर्शनकारी लागेपछि प्रहरीले रोक्न खोजेको थियो। तर भीड नियन्त्रणमा नआएपछि प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो। घटनामा केही प्रहरी पनि घाइते भएका छन्।

 

 

 

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।