May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:0३
राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत
  • राष्ट्रपति रामचन्द्र पौडेल हप्ता दिन लामो युरोपेली देशको भ्रमणमा निस्कने
  • राष्ट्रपति पौडेलले कार्तिक २२ गते प्रस्थान गरेर मंसिर १ गते नेपाल फर्कने

काठमाडौं ।।

राष्ट्रपति रामचन्द्र पौडेल हप्ता दिन लामो युरोपेली देशको भ्रमणमा निस्कने भएका छन् । उनको भ्रमण तालिका नेपाल सरकारले स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमण स्वीकृत गरेको हो । उक्त बैठकको निर्णय पत्रकार सम्मेलन गरेर शुक्रबार सरकारले जानकारी गराएको छ । राष्ट्रपति पौडेलले कार्तिक २२ गते प्रस्थान गरेर मंसिर १ गते नेपाल फर्कनेछन् ।

“राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात् संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ,” निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।