May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन्, अब आउन सम्भव छैन : केपी ओली

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:४९
राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन्, अब आउन सम्भव छैन : केपी ओली
  • राजनीतिलाई अराजक बनाएको केपीको आरोप 
  • गुन्डाहरूलाई सरकारले छोड्न, राष्ट्रपतिले माफी दिन्छ
  • देशमा राजतन्त्रको कल्पना गर्न सकिंदैन 

काठमाडौं।।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै राजनीतिलाई अराजक बनाएको आरोप लगाएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको बताए। ‘अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ। राजनीतिलाई अराजक बनाएको छ। प्रहरीले समातेको गुन्डाहरूलाई सरकारले छोड्न लगाउँछ। राष्ट्रपतिले माफी दिन्छ।

समाजमा सुशासन छैन,’ उनले भने। उनले व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने बताए। ‘जसले गल्ती गरेको त्यो मान्छे खराब हुन सक्छ। व्यक्ति खराब हुनसक्छ। तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन,’ उनले भने। उनले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने भन्दै नेपाल अब ढुंगे युगतिर फर्किन नसक्ने बताए। ‘हामी ढुंगे युगतिर फर्किन सक्दैनौं। जन्मिँदै कोही राजा बन्ने हामीलाई स्वीकार हुँदैन। त्यो राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन्,’ उनले भने।

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट