sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

घर धितोमा राखि मलेसिया गएका झापा मेचीनगरका गोपाल हयाएपछि…..

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:00
घर धितोमा राखि मलेसिया गएका झापा मेचीनगरका गोपाल हयाएपछि…..
  •  मलेसियामा हराए गोपाल 
  • उद्धारपछि घर आइपुगे
  • घर पनि बैंकको धितोमा राखेर गएका थिए गोपाल 

झापा ।।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका निम्ति सार्वजनिक अपिल गरेकी थिइन् । त्यसपछि गोपालको खोजी गरिएको थियो । शुक्रबार क्वालालम्पुरबाट काठमाडौं आएका गोपाल शनिबार घर आइपुगेको नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जानकारी दिए ।

सांसद शर्माले मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका थिए । आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको उनले बताए । “गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन, उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो,” सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, “यो नै सबैभन्दा ठूलो खुसी हो ।”

गैरकानुनी रूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली एक लाख चार हजार १६० रुपैयाँ तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पंगेनीले जानकारी दिए । वि.सं. २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका निम्ति श्रम अनुमतिपत्र पाएर १९ वर्षको उमेरमा गोपाल मलेसिया गएका थिए । घर फर्कंदा उनी ३७ वर्षको भइसके ।

मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लगाइएको थियो । त्यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो । विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरिन् । उनले छोरा खोजिदिन पहल गरिदिने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिन् ।

मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको गोपालले बताए । “गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो,” उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, “यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।” घरमा गोपालको एक छोरा पनि छन् । उनकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्‍याएर गुजारा चलाउँदै आएकी छन् । घरको आर्थिक स्रोतले खानलाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उनले बताइन् ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid