March 27, 2023 | सोमवार, चैत्र १३, २०७९
सुचनाहरु
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ? नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव कोशी नाम स्वीकार्न चार दलको अपील नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे अन्तिम कथा रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो २६.८७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा पृथ्वीमा फर्किने

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ ११:३७
चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा पृथ्वीमा फर्किने

बेइजिङ ।

चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ ।

अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने सीएमएसएले सोमबार जनाएको हो।सबै अन्तरिक्ष यात्रीहरू राम्रो अवस्थामा रहेको केन्द्रले बताएको छ।

चीनले यस वर्ष अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि तीन अन्तरिक्ष अभियानहरू प्रक्षेपण गर्नेछ, जसमा कार्गो क्राफ्ट तियानझोउ–६ र चालक दलयुक्त अन्तरिक्षयान शेन्झोउ–१६ र शेन्झोउ–१७ समावेश छन् ।

तियानझोउ–६ लाई दक्षिणी प्रान्त हाइनानको वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थलमा लगिएको छ र मे महिनामा प्रक्षेपण गरिने बताइएको छ।

दुई मानवयुक्त अभियानका लागि चालक दलका सदस्यहरू छानिएका छन् र अहिले प्रशिक्षण लिइरहेका छन् ।

शान्तिपूर्ण प्रयोग, समानता, पारस्परिक लाभ र साझा विकासको सिद्धान्तको पालना गर्दै चीन आफ्नो अन्तरिक्ष स्टेशनलाई वैज्ञानिक र प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय समुदायका लागि आदानप्रदानका लागि खुला मञ्च बनाउन प्रतिबद्ध छ ।

सीएमएसए र बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयद्वारा संयुक्त रूपमा छानिएका प्रयोगात्मक परियोजनाहरूको पहिलो ब्याच यस वर्ष अन्तरिक्ष स्टेशनमा सञ्चालन हुने कार्यक्रम छ ।

सीएमएसएका अनुसार चीनले आफ्नो मानवयुक्त चन्द्र अन्वेषणका लागि प्रमुख प्रविधिहरूमा सफलता हासिल गरेको छ र मानवयुक्त चन्द्र अन्वेषण योजनामा बहस पूरा गरेको छ ।
यसले यसै वर्ष चन्द्रमामा अवतरण परियोजनाका लागि अनुसन्धान र विकास कार्य सुरु गर्नेछ।रासस

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २९, २०७९ ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट