काठमाडौं ।।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एक कार्यक्रम गरेर दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।
प्रमुख लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई पालिकाका बीच आसपमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान–प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले बताइन्।