March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
प्रधानमन्त्रीको तीन महिने कार्यकाल, १६ मन्त्रालयको भार, दुईपटक विश्वास सुपारी र कुखुराको अवैध आयात रोक्न माग ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस्

क्यानले गर्यो घोषणा: यू–१९ विश्वकपमा छनोट भएका खेलाडीलाई १ लाख दिने

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ २१:४0
क्यानले गर्यो  घोषणा: यू–१९ विश्वकपमा छनोट भएका खेलाडीलाई १ लाख दिने

काठमाडौं । 

यू –१९ विश्वकपमा छनोट गराउने  खेलाडीलाइ  १ लाख रुपैयाँ दिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो ।
सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नो तर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको छ ।

यसबाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले नेपाल सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन्  भने
कार्यविधिमा विश्वकप छनोट नलेखिए पनि उमेर समूहको क्षेत्रीय एशियाली प्रतियोगिता विजेताले ३ लाख पाउने उल्लेख गरिएको छ ।

जस अनुसार प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख पाउने छन् । यसबाहेक क्यानले पनि सरकारबाट २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

नेपाल उमेर समूहको क्षेत्रीय प्रतियोगिता जितेर नै विश्वकपम पुगेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ २१:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट