May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाँच दिनमा पनि भएन चितवनमा भेटिएका दुई शवको पहिचान

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:0१
पाँच दिनमा पनि भएन चितवनमा भेटिएका दुई शवको पहिचान

चितवनमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत पाँच दिनमा पनि हुन सकेको छैन। बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका-१२ मिलनचोक स्थित पूर्व-पश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार शव पहिचान हुन नसक्दा अनुसन्धान गर्न पनि जटिल भइरहेको छ। कल्भर्ट मुनी दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको थियो।

शव पहिचान नभएपछि प्रहरीले मृतकको शरीरमा रहेका चिजवस्तु, चिन्ह तथा कपडाहरुको तस्बिर सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न आग्रह गरेको छ।

प्रहरीले शव पहिचानका लागि ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको छ। पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा ९८५५०९०१३३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

पुरुषको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SUPER DRY लेखिएको निलो रंगको कट्टु
२) DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी थान
३) RUPA FRONTLINE साइज 80 CM लेखिएको सेतो रंगको सेन्डो

महिलाको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SIZE L लेखिएको प्याजी रंगको लेगिन्ज
२) सल ( रातो र पहेलो रंग मिसिएको र रातो रंगको )
३) माला (रातो डोरा सहित एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको)
४) कानको झुम्का
५) बायाँ हातमा A, M र Y (अस्पष्ट ) जस्तो र S स्पष्ट लेखिएको र चित्र आकार भएको ट्याटु
६) पेन्टी रातो वा कलेजी रंगको
७) ब्रा सेतो बुट्टा भको पहेंलो रंगको
८) टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको

https://www.facebook.com/DPOChitwan/posts/668061102183374?ref=embed_post

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट