May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी

पाथीभरामा बलिको साटो नरिवल

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:४६
पाथीभरामा बलिको साटो नरिवल

ताप्लेजुङ, १८ कात्तिक । ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।

यहाँ केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुशी हुने र आफूले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा दर्शनको याम मानिने (बडादशैँ, रामनवमी) का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो ।

स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे । अहिले यो चलन क्रमशः घट्दै गएको छ । हिजोआज बिरलै मात्र पशु बलि दिने गरिएको छ । पहिला यामका बेला दिनमै पाँच सयदेखि हजार–बाह्र सयसम्म पशु बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० बलि चढाइन्छन्, यसको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्ने, फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्