काठमाडौँ ।।
नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन्। गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिएका हुन्।
राजनीतिक अधिकार चाहिएको हो भने जस्केलाबाट छिर्ने कोसिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउन चुनौती दिँदै भट्टराईले भने, ‘राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो त्यो पार्टी (राप्रपा) को।’पूर्वराजा ज्ञानेन्द्र हिजो शनिबार मात्र झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।