April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

एनसेलमा मेरो नाम जोडिनु साँचो भएको भए म बाँच्न नसक्ने हुन्थें, झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १४:५३
एनसेलमा मेरो नाम जोडिनु साँचो भएको भए म बाँच्न नसक्ने हुन्थें, झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड
  • एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने मै हुँ 
  • मलाई आरोप आउनु गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो
  • छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो हो 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले बताए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मालाई बोलाएको थियो । छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सतीशलालको नाम लिएनन्, तर शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताए । आफूमात्र होइन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उनीहरुकहाँ बस्ने गरेको प्रचण्डले बताए । ‘ती मान्छे सबैलाई चिन्छु, के भ्रम नहोस् भने मलाई थाहै छैन, म अननन छु भन्ने होइन । म राम्रो चिन्छु । मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई चोटी गएको छु, तिनीहरुकोमा बसेको पनि छु । शेरबहादुर देउवाजी जँदा पनि बस्नुभएको छ । केपी ओली जाँदा पनि बस्नुभएको छ ।

हाम्रो बीचमा कुरा पनि हुन्छ । तर त्यसको अर्थ ऐन, कानुन र हाम्रो सिष्टमका विरुद्ध कोही जान्छ भने जो सुकै होस् हामी लड्न तयार भएको हो ।चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन’, उनले भने । अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको प्रचण्डले दाबी गरे । अहिले पनि जालझेलको प्रयास भएको भन्दै उनले हर हालतमा त्यसलाई रोक्ने बताए । त्यसका लागि आवश्यक परे कानुनी छिद्रहरु समेत टाल्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले एनसेलसँग आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको समेत बताए ।

उनले अगाडि भने, ‘साँचो भएको भए म बाँच्न नसक्ने हुन्थें । झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु ।’ आफ्नो परिवारको सदस्य घटेर तीन जना भएको भन्दै उनले अगाडि भने, ‘एउटी छोरी भरतपुरमा मेयर छ, उतै व्यस्त छे । एउटा छोरी छ, त्यो कस्ती छ, थाहा पाउनुभएकै छ ।’ आफ्नो स्वकीय सचिव समेत रहेकी छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो भएको प्रचण्डले बताए । अहिलेको परिर्वतन उल्टाउन चाहने शक्तिहरुलाई प्रचण्डलाई ह्युमिलेट गरेर डिप्रेस नगरेसम्म हुन्न भन्ने लागेको भन्दै उनले भने, ‘यो गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो ।’

 

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।