May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण सम्पन्न

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० ११:२५
‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण सम्पन्न
  • गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न
  • गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह
  • सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक

काठमाण्डौं ।।

कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम साहित्यकार कवि सयपत्री थुलुङ्क सम्पन्न भएको हो । संखुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छन । २०७० सालमा ‘शान्तीको फूल गजलसङ्ग्रह प्रकाशन गरेकी थुलुङको एक दशक पछि दोश्रो कृतिका रूपमा कवितासङ्ग्रह पाठक सामु ल्याएकी हुन्।

कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए। कवितासंग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, कविता लेखनको आ(आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो । त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसिले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन ।

देश प्रेम र राज्यसत्ता माथि शान्ति सौहार्दताको वातावरण बनाई राख्नु पर्ने कृति जिकिर गरिएको उनले औल्याइन । वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए। कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एकएकवटा कविता वाचन गरेका थिए भने कवि स्वयमले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको थियोे ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।