April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

‘सुनकाण्डमा दिउँसै रात पार्न खोजिएको थियो, रातलाई दिउँसो बनाइँदैछ ’ : माओवादी सांसद

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १६:४१
‘सुनकाण्डमा दिउँसै रात पार्न खोजिएको थियो, रातलाई दिउँसो बनाइँदैछ ’ : माओवादी सांसद
  • सचिव पौडेलले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरे
  • सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राखे
  • कसैको अनुहार नहेरी सरकार अगाडि बढ्नुपर्छ 

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरेका छन् । नेकपा एमालेसहितका विपक्षी दलले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको तर जरोसम्म नपुगेको भनी प्रश्न गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद पौडेलले सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राखे ।

एक क्वीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको बारेमा संसदमा केही प्रश्नहरु उठेको उल्लेख गदै उनले भने, ‘म आफ्नो तर्फबाट बधाइ दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ ।’

भ्रष्टाचार र अनियमितताको विषयमा सरकार अगाडि बढ्दा सांसदहरुले टाउको दुखाउन नहुने पौडेलले बताए । ‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरुको सरकार छानबिन गर्ने प्रक्रियामा अगाडि बढेको छ । माननीयजीहरुलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु’, उनले थपे, ‘कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस् ।’

उनले सरकारलाई भ्रष्टाचारसँग सम्बन्धित उठेका प्रश्नहरुको बारेमा छानबिन गरेर, व्यक्तिको अनुहार नहेरी व्यक्तिको काम, शैली, तरिका र गल्ती हेरेर आफ्को क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।

सुशासनका लागि काम गर्दा प्रश्न गर्न नहुने उनको भनाइ छ । उनले प्रश्न गरे, ‘आज सरकारले अलि अलि केही प्रश्न, केही विषयहरु उठाउन खोज्दा हामी सबैले चिच्याएर, विरोध जनाएर, असहमति प्रकट गरेर हामी यस प्रकारका क्रियाकलापहरुलाई राज्यको तर्फबाट छानबिन गर्ने प्रक्रियालाई अगाडि बढाृउने कुरा रोक्छौं भने हामीले कुन प्रकारको सुशासनको प्रत्याभूति नागरिकलाई दिन चाहन्छौं ?’

कुन दलको हो भन्ने नहेरी सुशासनको काम अगाडि बढाउन सरकारलाई उनको आग्रह छ । देशमा सहकारी पीडितहरुको समस्या पनि अगाडि आएको भन्दै पौडेलले यस विषयमा पनि काम गर्न आवश्यक रहेको सुझाव दिए ।

‘म आफैँ रहेको जिल्लामा इमेज सहकारी र शिवशिखर सहकारीले यी दुईवटा सहकारीले ५० हजार भन्दा धेरै नागरिकको ८ अर्ब भन्दा बढी ठगेका छन्’, उनले भनेका छन्, ‘यस प्रकारका घटनाहरु देशैभरि छन् । यस प्रकारका घटनाहरुमा सहभागी भएका दोषी उपर पनि छानबिन हुनुपर्छ ।’

संसदमा विपक्षी दलहरुले ठूला माछा छाड्ने र साना माछा समात्ने कार्य हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

यसतर्फ लक्षित गर्दै उनले भने, ‘माछा सानो ठूलोको प्रसंग होइन यहाँ । दोषीलाई कारबाही गर्ने कुरा हो, दोषीलाई कारबाही गर्दा खुसी हुनुपर्ने हो नि । यस प्रकारका घटनाहरुमा अझ अगाडि बढेर छानविन होस् ।’ सरकारको कामको प्रसंसाा गर्दै उनले दोहो¥याए, ‘सरकारको यो प्रयत्नलाई म त हार्दिक सलाम व्यक्त गर्न चाहन्छु ।’

 

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट