May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लुम्बिनी चिनी मिलको प्रदूषणसम्बन्धी स्थानीय आन्दोलित

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १0:५५
लुम्बिनी चिनी मिलको प्रदूषणसम्बन्धी स्थानीय आन्दोलित
  • प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित
  • मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर
  • पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी

काठमाडौं ।।

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ । मिलले उक्त प्रदूषण न्यूनीकरण गर्नुपर्ने माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् । सुनवलका स्थानीयले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी गराए ।

०४६ सालमा तत्कालीन सरकार र चीनबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका–१ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना गरिएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल ०६२ सालमा निजीकरण गरिएपछि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बताउँछन् । सञ्चालकले प्रदूषण न्यूनीकरणका निम्ति आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिस्टिलरीबाट निस्कने धुवाँ, खरानीले बजार प्रदूषित बनेको स्थानीयको भनाइ छ ।

डिस्टिलरीबाट निस्कने फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले बताए । प्रदूषण न्यूनीकरणका निम्ति विगतमा विभिन्न सम्झौता गरिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । मिल सञ्चालकले उद्योगबाट निस्कने धुवाँ, खरानी र दूषित पानी न्यूनीकरणका निम्ति कुनै उपाय नअपनाउँदा सुनवलवासी प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए ।

प्रदूषण न्यूनीकरण नगरिए मिल चलाउन नदिने भन्दै उनले आउँदा दिनमा थप दबाब दिन विभिन्न कार्य गर्ने चेतावनी दिए । ८६ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन गरी तीन कारखाना सञ्चालनमा छन् । मिलबाट निस्कने धुवाँ र खरानी उडेर घरहरूमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै सास लिन समेत अप्ठ्यारो भएको स्थानीयको भनाइ छ ।

डिस्टिलरीबाट निस्कने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित बन्दै गएको संघर्ष समितिले जनाएको छ ।संघर्ष समितिका अनुसार चिनी मिलबाट सुनवलका १, ३, ४ र ६ नम्बर वडा प्रत्यक्ष मारमा परेको र करिब ७० हजार मानिस प्रभावित छन् । प्रदूषण रोकथामका निम्ति संघर्ष समितिले पटक–पटक मिल र सरोकारवालासँग पहल गरे पनि कुनै सुनुवाइ नभएको जनाइएको छ । न्युज एजेन्सी नेपाल

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट