May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

पाेखरामा जुवा खेल्दा खेल्दै ५ लाखसहित १६ जना प्रहरीको फन्दामा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:५३
पाेखरामा जुवा खेल्दा खेल्दै ५ लाखसहित १६ जना प्रहरीको फन्दामा
  • १६ जनालाई कास्की प्रहरीले पक्राउ गर्यो 
  • पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद
  • जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दाका लागी अनुसन्धान हुँदै 

कास्की ।।

पाेखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेकाे कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताउनुभयाे । प्रहरीले उनीहरूकाे साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद गरेकाे छ ।

पक्राउ पर्नेमा पाेखरा–३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ, वर्ष ४६ का राम केसी, पाेखरा–६ बस्ने वर्ष ३६ का सञ्जिव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का वीरबहादुर लामिछाने, वर्ष ४० का मोहनबहादुर गुरुङ छन् । यस्तै कास्की–१७ बिराैटा बस्ने वर्ष ४० का प्रकाश पोख्रेल, वर्ष ४६ का कृष्णप्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डारी, वर्ष ३८ का गौतम गुरुङ, वर्ष ४० का जीवन शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

यसैगरी कास्की–२१ कृष्ती बस्ने वर्ष ४८ का होमबहादुर रानाभाट, वर्ष ४० का टङ्कबहादुर कार्की, वर्ष २३ का अनिष श्रेष्ठ, पाेखरा–१० अम्मरसिंह बस्ने वर्ष ६३ का मीनबहादुर बरुवाल र पाेखरा–३३ गैरागाउँ बस्ने वर्ष ३३ का रामचन्द्र आचार्य पक्राउ परेका प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी विकले जानकारी दिनुभयाे ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।