sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १६:५७
किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु

विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक रुपमै ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेसु डा. जयमणी श्रेष्ठले जानकारी दिए ।

अनौपचारिक रुपमा केही समय अघिनै एनआइसियु सेवा थियो आजबाट औपचारिक रुपमै थप व्यवस्थित ढंगबाट सेवा शुरु गरेका हौं, मेसु डा. श्रेष्ठले भने । अस्पतालमा आउने बालबालिकाहरुलाई एक सय रुपैयाँ मात्रै ओपिडी जाँच सेवा शुल्क लिएर सेवा दिँदै आएको सो अस्पतालको सफ्ट लञ्च गत चैतमा भएको थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित विशेषज्ञ चिकित्सक एवं स्वास्थ्य क्षेत्रका अनुभवीहरुको संलग्नतामा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ साइन्स (किओच)ले सञ्चालनमा ल्याएको प्रादेशिकस्तरको बाल विशिष्टीकृत सो अस्पतालमा दैनिक यसअघि २ सय ५० जना सम्म बालबालिकाले ओपीडि सेवा लिएका थिए ।

अहिले बालबालिकामा त्यसकिसिमको स्वास्थ्य समस्याको लहर कम भएकाले दैनिक १ सय ५० जनाले ओपिडी सेवा लिँदै आएका छन । अस्पतालमा सधैंजसो ८५ प्रतिशत बेडमा २४ सै घण्टा बालबालिका उपचाररत रहेका हुन्छन ।

सो अस्पताललाई विभिन्न दाता र निकायहरुको सहयोगमा थप सेवा विस्तारको योजना रहेको किओच दमक बाल अस्पतालका परियोजना संयोजक डा. नविन ढकालले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid