April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मलाई सिध्याउने खेल सुरु भयो : कृष्ण कँडेल

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १५:५६
मलाई सिध्याउने खेल सुरु भयो : कृष्ण कँडेल

काठमाडौँ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको बताएका छन् । उनले आफूलाई सिध्याएर देश बन्छ भने आफू तयार रहेको बताए ।

शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारे । ‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ’, कँडेलले भने, ‘त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’ पहिले आफूलाई भगवान् भन्ने व्यक्तिले अहिले किन राक्षस भनिरहेको छन् भन्दै त्यो आफूले बुझ्न नसकेको कँडेलको भनाई थियो ।

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको खुलाए । कँडेलले आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको भन्दै खण्डन समेत गरे ।

‘पछिल्लो समय मैले इन्द्रेणीमा थाइ कर्मचारी राख्नसक्ने अवस्था भएन भनेर सबै साथिहरु राखेर विधान बनायौ’, कँडेलले भने, ‘सबैले कार्यक्रम पर्छ र बोलाउछाँै । बोलाएको पारिश्रमिक दिन्छन् भनेर गरेका छौँ ।’ राम्रो गर्दा पनि आफूले भ्रष्टाचार गरे जस्तो गरेर विभिन्न आरोप लाग्दा दुःख लागेको उनले सुनाए । आफ्नो टिमको ५ जना व्यक्तिबाट यस्तो आरोप लाग्छ र अहिलेको परिस्थिति आउला भनेर आफूले कहिल्यै कल्पना समेत नगरेको कँडेलले सुनाए ।

‘इन्द्रेणी सबैको रुने ठाउँ हो । मैले कसैलाई अन्याय गरेको छैन । कसैलाई नचाहिँदो तवरबाट निकालेको छैन’, कँडेलले अगाडि थपे ,‘मेरो बारेमा नेगेटिभ कुरागर्ने, गुटबन्दी गर्ने, काट्छु र मार्छु भनेपछि के गर्ने ।’ कँडेलले आफूले अहिलेसम्म कसैको पैसा नखाएको बताए । उनले थपे, ‘मैले कसैको पैसा लिएर खाएको छ भने छानबिन गर्न सरकारलाई निम्तो दिन्छु ।’ कँडेलले आफू रोडबाट आएको व्यक्ति भएकोले रोडका मानिसलाई हेर्ने बताउँदै आम मानिसलाई बाहिर आएका विभिन्न कुराबाट भ्रममा नपर्न समेत अनुरोध गरे ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।