July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १६:५७
किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु

विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक रुपमै ६ बेडको एनआइसियु कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेसु डा. जयमणी श्रेष्ठले जानकारी दिए ।

अनौपचारिक रुपमा केही समय अघिनै एनआइसियु सेवा थियो आजबाट औपचारिक रुपमै थप व्यवस्थित ढंगबाट सेवा शुरु गरेका हौं, मेसु डा. श्रेष्ठले भने । अस्पतालमा आउने बालबालिकाहरुलाई एक सय रुपैयाँ मात्रै ओपिडी जाँच सेवा शुल्क लिएर सेवा दिँदै आएको सो अस्पतालको सफ्ट लञ्च गत चैतमा भएको थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित विशेषज्ञ चिकित्सक एवं स्वास्थ्य क्षेत्रका अनुभवीहरुको संलग्नतामा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ साइन्स (किओच)ले सञ्चालनमा ल्याएको प्रादेशिकस्तरको बाल विशिष्टीकृत सो अस्पतालमा दैनिक यसअघि २ सय ५० जना सम्म बालबालिकाले ओपीडि सेवा लिएका थिए ।

अहिले बालबालिकामा त्यसकिसिमको स्वास्थ्य समस्याको लहर कम भएकाले दैनिक १ सय ५० जनाले ओपिडी सेवा लिँदै आएका छन । अस्पतालमा सधैंजसो ८५ प्रतिशत बेडमा २४ सै घण्टा बालबालिका उपचाररत रहेका हुन्छन ।

सो अस्पताललाई विभिन्न दाता र निकायहरुको सहयोगमा थप सेवा विस्तारको योजना रहेको किओच दमक बाल अस्पतालका परियोजना संयोजक डा. नविन ढकालले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्