April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ?

प्रधानमन्त्रीलाई मात्र प्राथमिकता दिंदा ३१ यात्रु छुटे

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १0:२0
प्रधानमन्त्रीलाई मात्र प्राथमिकता दिंदा ३१ यात्रु छुटे
  • प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना छुटे 
  • वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु जान पाएनन्
  • यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको पाइयो 

काठमाडौं ।।

नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ ।

यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ । प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो । तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु पनि फर्किन बाध्य भएका थिए ।

सोही जहाजका लागि टिकट काटेर पनि दुबई जान नपाएका अधिवक्ता प्रज्वल विक्रम राणाले नेपाल एयरलाइन्सले लापरवाही गरेको बताए । उडान समय अगाडि सारेको पूर्वजानकारी एयरलाइन्सले नदिएको उनको भनाइ छ । उनले भने, ‘मैले राति साढे ११ बजे काठमाडौंबाट दुबई जानका लागि टिकट काटेको थिएँ । बुधबार बेलुकी साढे ८ बजे नै एयरपोर्ट पुगें तर फ्लाइट समय भइसकेको भन्दै भित्र छिर्न दिइएन । फ्लाइट सरेको जानकारी समेत नगराएर नेपाल एयरलाइन्सले लापरवाही गर्यो ।’

आफूजस्तै ३१ जना यात्रु फ्लाइट समय सरेको पूर्वजानकारी नपाउँदा एयरपोर्टबाट फर्किएको उनले बताए । ‘मलाई मात्र होइन, अरु यात्रुहरुलाई पनि फ्लाइट सरेको जानकारी रहनेछ । हामी सबैलाई होटलमा राखिएको छ ।’ नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन आफूहरुलाई दिएको राणाले बताए ।

नेपाल एयरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्नेहरु समस्यामा परेका छन् । उनीहरुले समयमा आउन नसकेको पूर्वजानकारी गराउनुपर्ने भन्दै नेपाल एयरलाइन्सबाट पत्र मागेका थिए । त्यसैले यात्रुहरुको अनुरोधको आधारमा नेपाल एयरलाइन्सले भीभीआईपी फ्लाइटका कारण उडाउन नसकेको व्यहोरासहितको पत्र थमाएर होटलमा लगेर राखेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।