May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

प्रहरी महानिरीक्षक कुँवरद्वारा बेलायती उच्च अधिकारीसँग भेटवार्ता

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:0४
प्रहरी महानिरीक्षक कुँवरद्वारा बेलायती उच्च अधिकारीसँग भेटवार्ता

लण्डन, असोज २६ गते । संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बेलायतको परराष्ट्र मन्त्रालयसहित बेलायत प्रहरीका उच्च अधिकारीसँग द्विपक्षीय भेट गर्नुभएको छ ।

मन्त्रालयको उच्च अधिकारी स्टेफन ओटरसँगको भेटमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल सहभागी हुनुहुन्थ्यो । बेलायत सरकारको निमन्त्रणामा सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयक कार्यक्रममा सहभागी हुन बेलायत आएको महानिरीक्षक कुँवर नेतृत्वको टोलीले बेलायत प्रहरी, प्रहरी एकाइमा भेट तथा अवलोकन गरेको छ ।

सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयकसँग सुरुवात गरिएको योजनाअन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटवार्ता तथा अनुभव आदानप्रदान गरिएको भेटमा सहभागी प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

भेटमा कार्यक्रमकी विज्ञ सिसिला डनस्टरसँग छलफल भएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेशनल क्राइम एजेन्सीको भ्रमणका क्रममा यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । यसैगरी, कलेज आफ पुलिसिङमा तालिमका बारेमा जानकारी लिँदै नेपाल प्रहरीका अधिकृतलाई आगामी दिनमा सहभागी गराउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । भ्रमणका क्रममा टोलीले मेटोपोलिटन पुलिस न्यू स्कटल्याण्ड यार्डका डेपुटी असिस्टेन्ट कमिस्नर वार्डसँग छलफल भएको थियो ।

टोलीले क्याम्ब्रिजसायर प्रहरी मुख्यालय, ग्रीनिच पुलिस बरो कमान्ड पुलिस स्टेशनको समेत अवलोकन गरेको थियो । यसैगरी, हिज मेजेस्टिज इन्स्पेक्टोरेट अफ कन्सटाबुलेरी एण्ड फायर रेस्क्यू सर्भिसेजको पनि भमण गरेको उहाँले जानकारी दिनुभयो ।

सर्भिसेजले मुलुकको पुलिसिङ सम्बन्धी समग्र घटनाको तथ्याङ्क राखेर त्यसको मूल्याङ्कन गर्दै साधन स्रोत र कानुन अपर्याप्त भएमा त्यसको पहिचान गरी राजालाई प्रतिवेदन बुझाउने गर्छ । त्यसको आधारमा आवश्यक कानुन निर्माण वा संशोधन गर्न सहज हुने उहाँले बताउनुभयो । सो प्रतिवेदन सर्वसाधारणले पनि सहज रुपमा अध्ययन गर्न पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । यसको आधारमा नेपालमा पनि सङ्गठन र नागरिकको हितमा गर्न सकिने कामका बारेमा छलफल भएको थियो ।

भ्रमणका क्रममा बेलायतका प्रहरीका विभिन्न तहका अधिकृतसँग भएको भेटमा विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नुका साथै त्यस्ता चुनौतीको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने र आवश्यक सहयोगका विषयमा पनि विस्तृत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।