May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

च्याङ्ग्रा बेच्न खाद्यले नै निकाल्यो लिलामीको सूचना

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:३९
च्याङ्ग्रा बेच्न खाद्यले नै निकाल्यो लिलामीको सूचना
  • च्याङ्ग्रा बिकाउन लिलामीको सूचना
  • च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्ने 
  • च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो

काठमाडौं ।।

दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ ।उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । खसी–बोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्न लागेको हो ।

दशैंमा कम्पनीले च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो तोकेको थियो । च्याङ्ग्रामा ग्राहकको आकर्षण नदेखिएपछि भाउ घटाउँदा पनि नबिकेको कम्पनीले जनाएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खोरमा हाल ९० वटा च्याङ्ग्रा बाँकी छन् । ती च्याङ्ग्राको औसत तौल ३० देखि ३५ किलोको बीचमा रहेको बताइन्छ ।

स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेस गर्न सक्ने छन् । बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी १ हजार १२५ रुपैयाँ तोकिएको छ ।दरभाउ पत्र पेश गर्ने म्याद आगामी पुस १ दिउँसो १२ बजेसम्म छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।