sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

किन सुक्खा हुन्छ आँखा ?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:१९
किन सुक्खा हुन्छ आँखा ?

आँखामाथिको ग्रन्थिले आँसु बनाउँछ, जसले आँखालाई सुख्खा हुन दिंदैन । बढ्दो प्रदूषण, मोबाइल, कम्प्युटरमा धेरै समय बिताउने अहिलेको परिपाटीले आँखाको नानीलाई ढाक्ने आँसुका तहहरु फाट्छन् । जसले कर्नियाको सतह चिप्लो हुन नसकेर, आँसुको ग्रन्थिमा आँसु कम उत्पादन हुँदा सुक्खा हुने डा. खड्का बताउँछन् ।

‘आँसु उत्पादन धेरै अवस्थामा प्रभावित हुन सक्छ । बढ्दो उमेर, यसबाहेक कन्ट्याक्ट लेन्सको प्रयोग, न्युरोलोजिकल समस्या वा लेजर आँखाको शल्यक्रियापछि यो समस्या बढ्न सक्छ । स्मार्टफोन र कम्प्युटरको अत्यधिक प्रयोगका कारण पनि यो समस्या बढेको छ,’ उनले भने   ।

आँसुले हाम्रो आँखाको सतहलाई संक्रमणबाट पनि बचाउँछ । पर्याप्त आँसुको कमीले आँखाको संक्रमणको जोखिम बढाउने उनी बताउँछन् ।

लामो समयसम्म स्क्रिन प्रयोग गर्न हुँदैन’

डा. खड्का अनुसार लगातार एकोहोरो केन्द्रित भएर स्क्रिन हर्दा आँखा कम झिम्किन्छ, जसले आँसु उड्ने गर्छ । त्यसैले सकेसम्म २० मिनेट कम्प्युटर हेर्दा २० सेकेण्ड २० फिट टाढा हेर्नुपर्ने उनी सुझाउँछन् ।

ब्लु कट चश्मा प्रयोग

ब्लुकट चश्माले स्क्रिनबाट आउने विकिरणलाई शतप्रतिशत रोक्न नसकेपनि केही हदसम्म भने रोक्ने डा. खड्का बताउँछन् । धुलो, धुँवा, घामको किरणबाट बच्न ब्लु कटदेखि पावर भएका वा पावर नभएका विभिन्न किसिमको चश्माले बचाउने हुँदा उनी सकेसम्म लगाउन नै सुझाउँछन् ।

आँखा सुक्खा हुँदा देखिने समस्या र उपचार

आँखा सुक्खा हुँदै जाँदा आँखा पोल्ने, पिरो भएर पोल्ने, टट्याउने, रातो हुने, दुख्ने, चिम्लिएर मात्र बस्न मन लाग्ने, छिटो-छिटो आँखा झिम्किने जसमा समस्या देखिन्छ । डा. खड्काका अनुसार यस्ता लक्षण देखिएमा आँखा र आँसुको मात्राको परीक्षण गर्नुपर्छ । २५ देखि ३५ मिलिमिटरसम्म हुनुपर्छ । २५ भन्दामुनि हुने बित्तिकै सुक्खा हुँदैछ भन्ने बुझिन्छ र त्यो घटेको मात्रा अनुसारको उपचार हुन्छ । ‘सामान्य मात्रामा मात्र घटेको छ भने केही आँखा ड्रप र औषधिले यसको लक्षण कम हुन्छन्,’ डा. खड्का भन्छन्, ‘समयमा उपचार भएन भने आँखाको नानीमा घाउ हुँदै कर्निया अल्सर समेत हुन सक्छ ।’ कतिपय अवस्थामो सामान्य शल्यक्रिया आवश्यक हुन सक्छ ।

आँखा सुक्खा हुँदै जाँदा हेरचाहमा ध्यान दिएन वा उपचार नै नहुँदा झनै जटिलता हुनुको साथै आँखासमेत नदेख्ने अवस्था आउने उनी बताउँछन् ।

ध्यान दिनुपर्ने कुरा

आँखा सुक्खा भएका व्यक्तिले लामो समयसम्म स्क्रिनमा नहेर्ने, लगातार स्क्रिन हेर्नुपर्ने काम भएका व्यक्तिले आधा घण्टापछि पाँच मिनेटजति ब्रेक लिएर केहीबेर टाढा हेर्ने, आँखा चिम्लिने, चिकित्सकको सल्लाहमा कृत्रिम टियर्सको प्रयोग गर्ने र आँखासम्बन्धी व्यायाम गर्नुपर्ने डा. खड्काको सुझाव छ ।

आँखालाई स्वस्थ राख्न के गर्ने ?

आँखालाई स्वस्थ राख्न सबैभन्दा बढी पौष्टिक आहार खाने, सरसफाइमा ध्यान दिने र पर्याप्त सुत्ने, बाहिर हिंड्दा चश्मा लगाउने र हेल्मेट प्रयोग गर्नेले भाइजर प्रयोग गर्दा धेरै हदसम्म आँखाको समस्याबाट बच्न सकिने उनको सुझाव छ ।

– पर्याप्त मात्रामा पानी पिउँदा आँसु उत्पादनमा सहज हुन्छ ।

– एकोहोरो कुनै पनि चीज नहेर्ने र आँखा पटकपटक झिम्काउने बानी गर्नुपर्छ ।

– आँखामा पानी पटक-पटक नहाल्ने, पानी छ्यापेर सुख्खा हुने समस्या कम हुँदैन । यसले झनै जीवाणुको संक्रमण गराउन सक्छ ।

– हेयर ड्रायर, कार हिटर, एयर कन्डिसनर वा फ्यानको अत्यधिक प्रयोग गर्नु हुँदैन ।

– बालबालिकाको आँखामा समस्या भएको उनीहरुलाई ख्याल नहुने हुँदा स्कुल भर्ना गर्नुअघि अनिवार्य दृष्टि परीक्षण गराउनुपर्छ ।

– आँखा डेरो आँखा छ भने उपचार गराइहाल्नुपर्छ ।

– ४० वर्ष पुगेपछि वर्षमा एकपटक परीक्षण गराउँदा आँखाको समस्याबाट बच्न सकिन्छ ।

– मधुमेह र उच्चरक्तचाप भएकाको सामान्य व्यक्तिको भन्दा कमजोर हुने भएकाले ६-६ महिनामा परीक्षण गराउनुपर्छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid