April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ललितपुरमा डाक्टर र कर्णेलको घरमा चोरी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:५८
ललितपुरमा डाक्टर र कर्णेलको घरमा चोरी
  • भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर चोरी
  • कोही नभएका बेला चोरहरुको नजरमा आलमको घर पर्‍यो
  • चोरहरुले तामाको पानी खाने भाँडादेखि घडीसम्म उठाए

ललितपुर ।।

प्रहरीले सामान्यतः दसैं, तिहारमा घर जानु परे खबर गरेर जानु भन्छ, नभए छरछिमेकलाई रेखदेखका लागि भन्न सूचित गर्छ । दसैंमा घर जाँदा चोरी होला भनेर त्यसैलाई लक्षित गरेर सुरक्षा योजना बनाएर काम पनि गर्छ । तर, सुरक्षाका लागि प्रहरी चनाखो बन्ने त्यही दसैंका बेला भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर चोरी भयो ।

१२ मंसिरदेखि २१ गतेसम्म घरमा कोही नभएका बेला चोरहरुको नजरमा आलमको घर पर्‍यो । चोरी गर्ने व्यक्तिहरुले घरमा भएको यूएस डलर, सुनको औंठी, म्याकबुक मात्र उठाएनन्, डा. आलमको अक्सोमिटर (अक्सिजन नाप्ने उपकरण) पनि लगे । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका अनुसार, कोही नभएको मौका पारेर चोरहरुले तामाको पानी खाने भाँडादेखि घडीसम्म उठाएका थिए । घरमा भएको भारतीय र नेपाली रुपैयाँ पनि उनीहरुले लगेका थिए ।
‘हेयर स्ट्रटनरदेखि पोते समेत चोरेको पाइएको छ’, शाहले भने, ‘डाक्टर सा’बहरु दसैं मनाएर फर्किनु भएपछि मात्रै चोरी भएको थाहा भयो ।’ प्रहरीले चोरीमा संलग्न भैंसेपाटीका सविन रोका, भिमढुंगाका मनोज नेपाली, मकवानपुरका राजु भोलन र गोदावरीका उमेश श्रेष्ठलाई हालै पक्राउ गरेको छ ।

‘उजुरी पर्ने वित्तिकै सीसी टीभी लगायतका विवरणका आधारमा खोजी थालेका थियौं, त्यसक्रममा उनीहरुलाई पक्राउ गरेका छौं’, उनले भने, ‘पक्राउ परेपछि उनीहरुले दिउँसै घरमा छिरेर चोरी गरेको बयान दिएका छन् ।’ प्रहरीले अमेरिकी डलर साटिदिन सहयोग गरेको आरोपमा थप दुई जनालाई पनि पक्राउ गरेको छ ।

नेपाली सेनाका एक जना कर्णेल पनि ४ मंसिरमा छठ पर्व मनाउन बाहिर निस्किएका थिए । डेरामा ताल्चा थियो । चोरी गर्नलाई रेकी गरेर बसेका प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई त्यो मौका बन्यो । ‘छिरेर नगरसहित सुन चाँदीका गरगहना पनि चोरेर लगेका थिए’, एसएसपी शाहले भने, ‘अनुसन्धानपछि दुवै जनालाई चोरीका सामग्रीसहित पक्राउ गरेका छौं ।’ उनीहरुविरुद्ध अनुसन्धानका लागि अदालतबाट म्याद लिइएको शाहले बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।