July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

रोल्पामा प्रहरीद्वारा ठूलो परिणाममा अफिम खेती नष्ट

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:१२
रोल्पामा प्रहरीद्वारा ठूलो परिणाममा अफिम खेती नष्ट

रोल्पा । रोल्पामा प्रहरीले ठूलो परिणाममा खेती गरिएको अफिम नष्ट गरेको छ।
रोल्पा प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरको नेतृत्वमा गएको प्रहरी टोलिले रोल्पाको परिवर्तन
गाउँपालिकाको बिभिन्न स्थानहरुमा अवैध रुपमा खेती गर्दै आएको अफिम नष्ट गरेको हो।

उक्त ठाँउहरुमा अबैध रूपमा अफिम खेती भैरहेको भन्ने गोप्य सूचना प्राप्त भए बमोजिम उक्त ठाँउहरुमा पुगि
करिब २८ रोपनी क्षेत्रफलको जमिनमा अबैध रूपमा खेती गर्दैआएको अफिम खेती नष्ट गरेको बताइएको छ।

प्रहरी प्रमुख सारु मगरका अनुसार प्रहरीले परिवर्तन गाउँपालिकाको वडा नं. ४ स्थित खोलागाउँ, तारल, बसुन्धरा भन्ने
स्थानका करिब २० रोपनी क्षेत्रफलको पाखोबारीमा लगाएको करिब १८ हजार बोट अवैध अफिम खेती फडानी गरी नष्ट गरेको हो।

यसैगरी प्रहरीले वडा नं. ४ कै जैरेनी, तातापानी भन्ने स्थानको पाखोबारी र सोही गाउँपालिकाको वडा नं. ५ को बजेनी भन्ने
स्थानको जंगल बिचमा गोठहरु रहेको करिब ८ रोपनी जमिनमा खेती गरिएको करिब ७ हजार ५ सय बोट अवैध अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।

प्रहरीका अनुसार जिल्लाका अन्य विकट ठाँउहरुम पनि लागु औषध अफिम तथा गाजाको खेती भएको हुन सक्ने भएकाले
खोजी कार्य तथा अनुसन्धान भैरहेको र पाइएमा तत्काल नष्ट गरि कानुन बमोजिम कार्बाही गरिने बताए ।

यसैगरी लागू औषध बिक्रीवितरण तथा ओसारपसार कार्य लाई रोक्न कडाइका साथ जिल्लाभर प्रहरी परिचालन गरिएको छ।

तथ्यांक अनुसार रोल्पा गाँजा, चरेस, अफिम उत्पादन हुने जिल्ला मात्र नभइ छिमेकी जिल्ला रुकुम र बाग्लुङका लागू औषध ओसारपसार हुने नाकाको रूपमा समेत चिनिन्छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्