May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सप्तरीको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको लागी प्रदर्शन

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १३:0२
सप्तरीको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको लागी प्रदर्शन
  • प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित
  • दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शन
  • शिलान्यास भएको भनव निर्माण रोकियो 

जनकपुरधाम।।

सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन् । दुई वर्षअघि शिलान्यास गरेर अलपत्र छाडिएको प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै उनीहरु बिगत ६ दिनदेखि आन्दोलनमा छन् । उनीहरु दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शनसंगै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बस्दै आएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना बसेका उनीहरु आज दिउँसो १२ बजेदेखि २ बजेसम्म दुईघण्टा धर्ना बसिरहेका छन् । प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै युवाहरुले आन्दोलनको घोषणा गरेका थिए । सोमबार राजविराजमा जुलुस प्रदर्शन, मंगलबार सिटी जुलुस, बुधबार चर्टबालेर सांसद तथा नेताको खोजीसहित प्रदर्शन गरेका थिए । शनिबार १० हजार हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत पठाउने कार्यक्रम रहेको सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादवले जानकारी दिए । माग पूरा नभएसम्म संघर्ष जारी रहने उनले बताए ।

एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार ०७५ साल पुस १६ गते मन्त्रिपरिषद्को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २८ जेठ २०७८ मा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका–१० बिरौलस्थित रहेको ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । २२ असार २०७८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मार्फत प्रतिष्ठानको भवन निर्माण कार्यको शिलान्यास गरेका थिए । त्यस यता भनव निर्माण अघि बढ्न सकेको छैन ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट