May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १४:५२
११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी
  • ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी
  • अनुशासन समितिमा उजुरी आएको जानकारी 
  • उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य हुँदै 

काठमाडौं ।।

नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी गराएका हुन् । समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको बताए । समितिले पारदर्शी तरिकाले काम गरिरहेको उनले दाबी गरे ।

अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको पनि संयोजक ढुंगानाले बताए । उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य भइरहेको उनले सुनाए ।

अनुशासनसम्बन्धी पार्टीको विधान पनि अस्पष्ट भएकाले संशोधन गर्नुपर्ने ढुंगानाले बताए । पार्टीको जिल्ला, प्रदेश र केन्द्रमा अनुशासन समिति रहने व्यवस्था विधानमा छ । तर जिल्लाको अनुशासन समितिले अनुशासन उल्लंघन गर्नेलाई कति समय निलम्बन गर्न सक्छ भन्ने व्यवस्था विधानमा उल्लेख नभएको उनले बताए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।