sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

थुनामा रहेका खाँणलाई फुलमालासहित सम्मान

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० ११:२६
थुनामा रहेका खाँणलाई फुलमालासहित सम्मान
  • नेपाली कांग्रेसद्वारा खाँणलाई सम्मान 
  • तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जाने

काठमाडौं ।।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गर्न थालेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ ।

कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लुम्बिनी प्रदेशको अभिभावक भएको बताए । ‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गने दाजु आज हाम्रा सामु हुनुहुन्न बालकृष्ण खाँणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक अनुरोध गर्दछु’ उनले भने ।

सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाए । मञ्चमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए । यद्यपि खाँणलाई सम्मान गर्दा उनीहरु भने उठेनन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँण २७ वैशाखमा पक्राउ परेका थिए भने १ असारमा जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ गरेसँगै खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको थियो । पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले निलम्बनको माग गरेका थिए ।

तर कांग्रेसले निलम्बन गरेन । पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध खाँणले गरेको पुनरावेदन निवेदनमा शुक्रबार उच्च अदालत, पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझियो । अब तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जानेछ ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid